‘८.५०% नेपाल बैंक ऋणपत्र–२०८७’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत «

‘८.५०% नेपाल बैंक ऋणपत्र–२०८७’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

नेपाल बैंकले जारी गरेको ३ अर्ब ५० करोड रुपैयाँबराबरको एक हजार रुपैयाँ अंकित दरको ३५ लाख कित्ता ‘८.५०% नेपाल बैंक ऋणपत्र–२०८७’ नेपाल स्टक एक्सचेञ्चमा सूचीकरणका लागि नेपाल स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीबीच धितोपत्र सूचीकरण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सूचीकरण भएको ऋणपत्र धितोपत्र सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्