मैलुङ खोला जलविद्युत्को आईपीओ बाँडफाँट «

मैलुङ खोला जलविद्युत्को आईपीओ बाँडफाँट

मैलुङ खोला जलविद्युत् कम्पनीले बिक्री गरेको आईपीओ बाँडफाँट भएको छ । मंगलबार बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये दुई हजार ८४३ जनाको आवेदन रद्द भएको छ भने बाँकी २० लाख ६५ हजार १२४ जनाको आवेदन स्वीकृत भएको हो ।
सामूहिक लगानी कोष र कर्मचारीलाई सुरक्षित गरिएको बाहेक सर्वसाधारणको लागि बिक्री खुला गरिएको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले बाँडफाँट भएको छ । जसमध्ये ६ जनाले थप एक कित्ता अर्थात् कुल ११ कित्ता सेयर प्राप्त गरेका छन् । योग्य आवेदकमध्ये १९ लाख ९९ हजार ४९३ जना आवेदकलाई भने सेयर नपरेको हो ।
कम्पनीले यही साउन १४ देखि १८ गतेसम्मम प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सात लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो । आईपीओ बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्