न्यूनतम साझा कार्यक्रम स्वागतयोग्यः तारादेवी भट्ट «

न्यूनतम साझा कार्यक्रम स्वागतयोग्यः तारादेवी भट्ट

राष्ट्रियसभा सदस्य तारादेवी भट्टले सरकारले हालै सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रम स्वागयोग्य रहेको बताइन् ।
राष्ट्रिय सभाको विशेष समयमा बौल्दै उनले सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममा कोभिड–१९ बाट नागरिकको जीवनरक्षा गर्ने विषय प्रमुख रुपमा उठाइएकाले यो स्वागतयोग्य रहेको बताए । उनले संविधानको सर्वोच्चता सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको संसोधनका लागि पहल गर्ने विषयले प्राथमिकता पाएको बताइन् । उनले सरकारले स्वतन्त्र र सन्तुलित परराष्ट्रनीति अवलम्बन गर्ने कुरा र कोभिड–१९ ले गर्दा थला परेको अर्थतन्त्र र संकटग्रस्त व्यवसायीहरुको लागि ल्याउन लागेको आर्थिक प्याकेजको घोषणा स्वागतयोग्य रहेको बताइन् ।
उनले भनिन्, “सरकारले हालै सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा कोभिड–१९ बाट नागरिकको जीवनरक्षा गर्ने विषय प्रमुख रूपमा उठाइएको छ, सर्वोच्चता सुशासनको प्रत्याभूति, शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको संसोधनका लागि पहल गर्ने विषयले प्राथमिकता पाएको छ, स्वतन्त्र र सन्तुलित परराष्ट्रनीति अवलम्बन गर्ने कुरा र कोभिड १९ ले गर्दा थला परेको अर्थतन्त्र र शंकटग्रस्त व्यवसायीहरुका लागि ल्याउन लागेको आर्थिक प्याकेजको घोषणा स्वागतयोग्य छ ।”
उनले बाढीपीडित, पहिरोले गर्दा विस्थापित भएकाहरु, डुबानलगायत विपत्तिमा परेका जनताहरुको उद्धार, राहत र पुनस्र्थापना, गर्न सरकारको ध्यानाकर्षण गराइन् । नेपालमा हिंसा भन्दा धेरै बाढी पहिरो र त्योभन्दा पनि धेरै वायू प्रदूषणका कारण मानिसको ज्यान गइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्