हामी कसैको अगाडि शीर निहुराउँदैनौं : नेपाल «

हामी कसैको अगाडि शीर निहुराउँदैनौं : नेपाल

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिवद्धता गरेका छन् ।
मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परिक्षामा सर्वोत्कृष्ट अंक हासिल गरेको सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले कर्णालीका आफू पक्षीय नेताहरुले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपनिर्वाचन भएमा नेताहरुलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताएका हुन् ।
उनले कर्णालीका नेताहरुको साथमा आफू रहेको भन्दै दृढताका साथ अगाडी बढ्न पनि आग्रह गरे । वरिष्ठ नेता नेपालले आफूहरु कसैको सामु शिर ननिहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पारे । आफूहरु दृढताका साथ अगाडि बढ्ने उनको भनाइ छ । उनले दम्भ र अहंकारका साथ गलत ढंगले चल्नेहरुलाई चुनौती दिएर आफूहरु अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्