Logo

अशोक लेलैण्डको एम्बुलेन्स हस्तान्तरण

आइएमई मोटर्स प्रालिद्वारा प्रवद्धित अशोक लेलैण्डले तनहुँको सिजन युवाक्लब र शान्तिआमा समुहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ । कार्यक्रममा आइएमई मोटर्सको तर्फबाट कर्पाेरेट सेल्स हेड सुशील राणा थापाले एम्बुलेन्सको साँचो हस्तान्तरण गरे ।
कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठले एम्बुलेन्स पाएसँगै डुम्र्रेमा बिरामीलाई सहज हुने बताए । उनले दोस्त एम्बुलेन्स धेरै ठूलो र फराकिलो रहेकाले बिरामी र स्वास्थ्यकर्मी बस्न सहज हुने भएकाले टाढा अस्पताल पुग्नुपर्दा सजिलै लिएर जान सकिने बताए । स्वास्थ्य सेवा, विशेषगरी आप्तकालीन स्वाथ्य सेवाको पहुँचलाई सहज बनाउन एम्बुलेस सहयोगी हुने उनले बताए ।
आइएमई मोटर्सले दोस्त एम्बुलेन्स साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु कर्पाेरेट सेल्सको माध्य बाट बिक्री गर्दै आएको छ । गत वैशाखमा आइएमई मोटर्सले पाँच वटा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स भारतीय दूतावासलाई पनि हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्