आइसीएफसी फाइनान्सका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा छुट «

आइसीएफसी फाइनान्सका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा छुट

आइसीएफसी फाइनान्स र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिर्सच सेन्टरबीच फाइनान्सका डेबिट कार्ड बाहक ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा उपचामा छुट दिनेबारे सम्झौता भएको छ ।
फाइनान्सका डेबिट कार्ड होल्डर ग्राहक र कर्मचारीलाई कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्भौतामा फाइनान्सका बौद्ध शाखाका शाखा प्रबन्धक सुदिनकुमार लामा र हस्पिटलका महाप्रबन्धक सीएन कृष्णहरि घर्तीले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्