सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन माग

व्यवसायीहरुले सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन् । बजारमा सुनचाँदीको आपूर्ति व्यवस्था प्रभावकारी बन्न नसकेको भन्दै व्यवसायीलाई परम्परागत व्यवसाय सञ्चालन गर्न समस्या परेको उनीहरुले गुनासो गरे ।
विभिन्न परम्परागत सीप तथा कला संरक्षणमा तथा प्रवद्र्धन तथा औद्योगिकरण गर्ने उद्देश्यबाट स्थापित बीजी एण्ड ग्रुप कम्पनीले लागि आवश्यक कच्चा पदार्थ (सुनचाँदी) आपूर्तिको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवासँग अनुरोध गरेका हुन् ।
नेपालका विभिन परम्परागत सीप तथा पेशा अन्तर्गत सुनचाँदी पेशाको संरक्षण साथै स्वदेशी कालिगढको उत्पादनमा जोड दिएर देशमा रोजगारीको अवसर सिर्जना गर्न र स्वदेशमै गहना उत्पादन गरी विदेश निर्यात गर्ने वातावरण बनाउन उनीहरुले सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।