कृषि विकास बैंकको एक्सटेन्सन काउण्टर कीर्तिपुर नगरपालिकामा «

कृषि विकास बैंकको एक्सटेन्सन काउण्टर कीर्तिपुर नगरपालिकामा

कृषि विकास बैंकले कीर्तिपुर नगरपालिका कार्यालय परिसरमा आफ्नो एक्सटेन्सन काउण्टरको स्थापना कारोबार सुरु गरेको छ । उक्त एक्सटेन्सन काउण्टरको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले उदघाटन गरेका छन् । उक्त नगरपालिका परिसरमा एटएम सेवा पनि सुरुवात गरिएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र प्रबन्धक मिना लेखक बोहरासहित स्थानीय जनसमुदाय, नगरपालिकामा कार्यरत कर्मचारी, उपस्थिति रहेको थियो । प्रमुख श्री महर्जनले बैंकले उपलव्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थीति सक्षम र सवल बनाउनमा विशेष महत्व खेलेको बताए । उनले बैंकले आगामी दिनमा स्थानीयहरुको मन छुने गरी अझ बढी प्रभावकारी सेवा उपलव्ध गराई जिवनस्तर उकास्नमा मद्दत पुग्ने विस्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृ उपाध्याले बैंकले उपलव्ध गराएका सेवाहरुको पूर्ण उपभोग गर्न आग्रह गर्दै बैंकले भविष्यमा थप सेवाहरु सञ्चालन गर्ने बताए । उनले बैंकले प्रदान गर्ने सेवा सुविधा प्रभावकारी रहुने बताए ।

प्रतिक्रिया दिनुहोस्