मारवाडी महिला मञ्च काठमाडौंको रजत महोत्सव «

मारवाडी महिला मञ्च काठमाडौंको रजत महोत्सव

काठमाडौं– मारवाडी महिला मञ्च काठमाडौंले संस्था स्थापना भएको २५ वर्ष पुगेको अवसरमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भव्य रूपमा रजत जयन्ती समारोह मनाएको छ । महिला मञ्चकी अध्यक्ष श्रीमती माया जोगाईंले कार्यक्रमको अध्यक्षता गर्दै उपस्थित महानुभावहरूलाई स्वागत गरेकी थिइन् । उनले आफ्नो स्वागत मन्तव्यको क्रममा मारवाडी महिला मञ्चले गर्दै आएको सेवा कार्य र राष्ट्र निर्माणको क्षेत्रमा पु¥याउँदै आएको योगदानकाबारे जानकारी गराएकी थिइन् ।
उक्त कार्यक्रममा मारवाडी सेवा समिति नेपालका अध्यक्ष श्रवणकुमार अग्रवालले आफ्नो मन्तव्यको क्रममा मारवाडी महिला मञ्च सेवा समितिअन्तर्गतको संस्था भएको र महिलाहरूले सामाजिक, धार्मिक, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै मारवाडी सेवा समिति नेपालले आफ्नो स्थापना कालदेखि मानवीय सेवा कार्यमा पु¥याउँदै आएको होमियो दातव्य चिकित्सा, खानेपानी, रक्तदान, एम्बुलेन्स, शव वाहन, योग, गौशाला धर्मशाला, कृत्रिम खुट्टा एवं अन्य सेवाकाबारे बताएका थिए । यसै क्रममा उनले निकट भविष्य मै मारवाडी सेवा समिति नेपालको महाराजगंज स्थित जग्गामा झन्डै ४ करोडको लागतमा मृगौला रोगीहरूको सेवाका लागि सुविधासम्पन्न सहुलियत दरमा डाइलोसिस सेवा प्रदान गर्ने योजनाअनुसार द्रुत गतिमा कार्य भइरहेको जानकारी पनि गराए ।
त्यसैगरी अग्रवाल सेवा केन्द्रका अध्यक्ष राजेन्द्रकुमार खेतानले १९०५ मा भएको भोट युद्धको बेलामा सरकारी आदेशमा यस समाजले गरेको सेवा र पाएको इज्जत ज्वलन्त उदाहरण रहेको भन्दै समाजले तन, मन, धन खर्च गरी मुलुकको विकासमा सक्दो सहयोग पु¥याउनुका साथै दैवी प्रकोप, आपतविपतमा सेवाभावनाबाट प्रेरित भएर १९९०, २०४५ र २०७२ सालका महाभूकम्पहरूमा यथासक्य सहयोग गररेको उल्लेख गरे । मारवाडी महिलाहरूले गर्दै आएको सेवा कार्य र राष्ट्र निर्माणको क्षेत्रमा पु¥याएको योगदानका बारेमा चर्चा गर्दै उनले मारवाडी समुदायले उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, मानवीय सेवा कार्य र धार्मिक क्षेत्रमा पु¥याउँदै आएको योगदानकाबारे पनि बताए ।
नेपालमा मारवाडी महिलाहरूको छाता संगठन नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी अध्यक्ष श्रीमती रचना राठीले मन्तव्य दिँदै मारवाडी महिलाहरू सेवा, संस्कार र संस्कृतिलाई आफ्नो मूल बाटो बनाउँदै एकतावद्ध रूपमा राष्ट्र निर्माणमा अग्रसर रहेको बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले मारवाडी समुदायले राष्ट्रका विभिन्न क्षेत्रहरू, उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य, सेवाको क्षेत्र एवं धार्मिक क्षेत्रमा पु¥याउँदै आएको योगदानको चर्चा एवं प्रशंसा गरिन् र उनले मारवाडी समुदायमा देशभक्ति, राष्ट्रप्रेमको भावना उच्च रहेको तथा शान्तिप्रियता, उद्यमशीलता, कर्मठता एवं निःस्वार्थ सामाजिक सेवाभाव प्रवल रहेको भन्दै मारवाडी समाज सामुदायिक भावनाले कार्य गर्ने र आफ्नो समुदायलाई आर्थिक एवं सामाजिक रूपमा सक्षम बनाउने कार्य सबैका लागि अनुकरणीय र प्रशंसनीय रहेको बताइन् ।
मारवाडी समुदायले आफ्नो आर्जनको केही प्रतिशत रकम दान, दातव्य र परोपकारमा छुट्याउने कार्यको अन्य समाजले पनि अनुशरण गर्नुपर्ने बताए । त्यसै गरी उनले मारवाडी समुदायले प्राकृतिक विपत्ति, महाभूकम्पको समयमा खाद्यान्न, लत्ताकपडा, आवास, औषधि उपचारजस्ता मानवीय सेवामा ठूलो योगदान गर्ने गरेको स्मरण गरिन् ।
कार्यक्रममा विभिन्न क्षेत्रमा रही योगदान गर्ने महानुभावहरूलाई राष्ट्रपतिले सम्मानपत्र प्रदान पनि गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्