फुडमाण्डुको अनलाइन फुड फेस्टिभल माघ १ देखि, १ रुपैयाँमा नै खाना अर्डर गर्न सकिने «

फुडमाण्डुको अनलाइन फुड फेस्टिभल माघ १ देखि, १ रुपैयाँमा नै खाना अर्डर गर्न सकिने

 नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले अनलाइन फुड फेस्टिभल–२०१९ आयोजना गरेको छ । अघिल्लो वर्ष भव्यताका साथ सञ्चालन गरिएको अनलाइन फुड फेस्टिभलबाट उत्साहित हुँदै यो वर्ष पनि रुस्लान भोड्काको मुख्य प्रायोजन र दराज र समस्र्बीको सह–प्रायोजनामा आयोजना गरिएको यस अनलाइन फुड फेस्टिभल उत्सव यही जनवरी १५(माघ १) देखि जनवरी २४(माघ १०)सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
फुडमाण्डुको अनलाइन फुड फेस्टिभलमा सहभागी रहेका ३० विभिन्न रेस्टुराँहरूले आफ्ना विशेष परिकारहरू विशेष छुट मूल्यमा पस्किेन यस उत्सव अवधिमा ग्राहकहरूले आफ्नो मोबाइलमा फुडमाण्डु एप्स डाउनलोड गरेर उत्सवको मजा लिन सक्ने भन्दै कमपनीले यो उत्सव केबल फुडमाण्डुको मोबाइल एप्समा मात्र सञ्चालन गरिएको जनाएको छ । फुडमाण्डुको एप्समा गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट, १ रुपैयाँमा खाना पाइने अवसरका साथै डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पेटेन्ट गर्दा थप २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्न सक्ने तथा यस उत्सवमा विभिन्न गेमहरू खेलेर भौचरहरू जित्न सकिने पनि कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्