जमीन–हावा, समुद्र तथा अन्तरिक्षम हमला गर्ने सेना बनाउदै चीन «

जमीन–हावा, समुद्र तथा अन्तरिक्षम हमला गर्ने सेना बनाउदै चीन

वासिङटन-चीनले जमिन, हावा, समुद्र, अन्तरिक्ष तथा साइबरस्पेसमा हमला गर्नका लागि उच्च क्षमताको सेना बनाउन लागेको अमेरिकी गुप्तचर अधिकारीले दावी गरेका छन् । यसलाई चीनले छिट्टै आफ्नो मुलुक तथा बाहिरी क्षेत्रमा तैनाथ गर्ने भएको छ । देशलाई थप शक्तिशाली बनाउन चिनियाँ नेताहरुको उद्देश्य भएको अधिकारीले बताएका छन् । यसका लागि यो मुलुकले आधुनिकिकरणमा जोड दिइरहेको दावी उनको छ ।
वासिङटनमा पेन्टागन न्यूज कन्फिरेन्सका वरिष्ठ प्रतिरक्षा गुप्तचर विश्लेषक डेन टेलरले भनेका छन्,“विगतको दसकमा चीनले अदनको खाडीमा समुद्री लुटेरालाई समाप्त पार्नका लागि सेना पठाएको थियो । यसका अतिरिक्त चीनले पूर्व तथा दक्षिण चीनले सागरमा पनि सेनाको उपस्थितिलाई बढाएको छ । चीन पिपुल्स लिबरेसन आर्मी (पीएलए) को प्रयोग सक्ति देखाउने उपकरणका रुपमा गर्न चाहन्छ ।”
अमेरिकी विश्लेषकका अनुसार पीएलएको उपकरण तथा क्षमतामा वृद्धि गरिदै लगिएको छ । यसको उद्देश्य विश्वव्यापी सुरक्षालाई ध्यानमा राखेर लड्ने क्षमताको वृद्धि गर्नु हो ।
टेलरका अनुसार–भविष्यमा परमाणु उर्जा, साइबरस्पेस, अन्तरिक्ष तथा इलेकट्रोम्याग्नेटिक स्पेक्ट्रम पीएलएको क्षमताको महत्वपूर्ण अंश हुने छ । यसका अलावा चीनले गैर युद्धक क्षेत्रहरु जस्तै मानव सहयोग, आपतकालिन राहत, शान्ति मिसनका लागि पनि क्षमता विकास गरिरहेको छ । सबै मिलाएर चीनले पीएलएलाई अन्य देशको सेनाको तुलनामा प्रविधिको दृष्टिकोणबाट उत्तम बनाउने प्रयास गरिरहेको छ ।
रिपोर्टका अनुसार चीनले लामो तथा मध्यम दुरीको स्टिल्थ बम वर्षक पनि बनाइरहेको छ । २०१५ मा यस किसिमको विमान सञ्चालनना आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्