थप आप्रवासी चाहदैन अस्ट्रेलिया «

थप आप्रवासी चाहदैन अस्ट्रेलिया

क्यानबेरा-हाउजिङको मूल्यमा भएको वृद्धि र सहरमा भिड बढेकाले अस्ट्रेलियनले थप आप्रवासी भित्र्याउने कुराको समर्थन गर्न छोडेका छन् ।
केबल ३०.४ प्रतिशत अस्ट्रेलियनले मात्रै देशका लागि थप मानिसको आवश्यक भएको मान्ने गरेको अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) ले गरेको सर्वेक्षेणले देखाएको छ ।
६९.६ प्रतिशत अस्ट्रेलियनले थप मानिसको आवश्यकता नभएको बताएका छन् । यो २०१० मा गरिएको समान किसिमको सर्वेक्षेणको तुलनामा ठूलो अन्तरले वृद्धि भएको हो ।
सांस्कृतिक विविधतको समर्थनमा रहेका धेरै अस्ट्रेलियनले जनसंख्या वृद्धिले वातावरणमा क्षति नपु-याओस भन्ने चाहेको तथ्यांकले देखाएको छ ।भिडभाड र हाउजिङमाथिको पहुँच प्रमुख मुद्धा भएको प्रतिवेदनले देखाएको छ ।
लिबरल र लेबोर पार्टी दुवैले आप्रवासनको मामिलामा आ–आफ्नै अडान र नीति विकास गरिरहेका छन् । तर १० मा ३ मानिसले मात्र थप मानिसका लागि अस्ट्रेलियामा ठाउँ भएको बताएका छन् ।
यो पछिल्लो सर्भेमा पनि २०१० मा जस्तै समान किसिमको प्रश्न सोधिएको थियो ।२०१० को सर्भेमा ४५ प्रतिशत सहभागीे जनसंख्या वृद्धिको बारेमा समर्थन गरेका थिए ।
हाल आएर यो विषयमा पुरुषको समर्थन ३८.४ प्रतिशतमा झरेको छ भने महिलाको समर्थन २८.२ प्रतिशतमा झरेको छ ।
हाल अस्ट्रेलियाको जनसंख्या २ करोड ५० लाख भन्दा थोरै मात्र बढि रहेको छ । सर्भेमा के तपाईलाई अस्ट्रेलियका लागि थप मानिस चाहिन्छ भनेर सोधिएको थियो । सहभागीले दिएको यसै प्रश्नका आधारमा यो निश्कर्ष निकालिएको हो ।

 डेली मेल

प्रतिक्रिया दिनुहोस्