एनआरएनए विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म «

एनआरएनए विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन सन् २१९ अक्टोबर १३ देखि १६ सम्म आयोजना गरिने भएको छ । संघको वार्षिक समीक्षा एवं आगामी रणनीति तय गर्न काठमाडांैमा आयोजित अन्तर्राष्ट्रिय समन्वय समितिको प्रत्यक्ष बैठकले सो निर्णय गरेको हो ।
कार्यक्रममा सन् २०१८ मा संघले गरेका विविध कार्यक्रमको समीक्षा गरिएको थियो । यसैगरी बैठकले बहुप्रतिक्षित गोरखाको लाप्राकमा निर्माणाधिन एकीकृत बस्तीको निर्माण सम्पन्न गरी आगामी वैशाख १२, २०७६ मा हस्तान्तरण गर्ने निर्णयसमेत गरेको छ । यस्तै जनकपुरको जानकी मन्दिरमा विद्युतीय उपकरण जडान गर्ने योजनासमेत अन्तिम चरणमा रहेकोले छिटै सो परियोजना पूरा हुने जानकारी बैठकमा गराइएको छ ।
यसैगरी नेपालमा आर्थिक लगानीसँगै ज्ञान, सीप र प्रविधि भित्र्याउने, उज्यालो नेपाल परियोजनालाई तीव्रता दिइने, नेपाल सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहकार्य गर्ने, नेपालका हाइड्रोपावरमा लगानी गर्ने, एक सय मिलियन डलरको लगानी नेपालमा भित्र्याउने योजनालाई मूर्त रुप दिने, कृषिमा आधुनिकिकरण एवं बजारीकरणका लागि नेपाल सरकारसँग समन्वय गर्दै अघि बढ्नेलगायत आगामी रणनीतिसमेत तय गरेको छ । बैठकमा संघलाई आर्थिक रुपमा कसरी सबल बनाउने भन्ने सम्बन्धमा घनीभूत छलफल गरिएको छ । यस्तै गैरआवासीय अन्तर्राष्टिय पत्रकारिता पुरस्कारका लागि छनोट कमिटी बनाउने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा विभिन्न संघका विभिन्न समितिहरुले आ–आफ्नो वार्षिक कार्य प्रगति पेश गरेका थिए । बैठकमा अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, कोषाध्यक्ष सपिला राजभण्डारी, प्रवक्ता भूषण घिमिरे, क्षेत्रीय संयोजक, उपसंयोजक, आइसीसी सदस्यहरु, सल्लाहकारहरु, अनररी काउन्सिल सदस्यलगायतको प्रत्यक्ष र करिब सय जनाको अनलाइनमार्फत् सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्