नेपाल रेडक्रस र कोका–कोला फाउन्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग «

नेपाल रेडक्रस र कोका–कोला फाउन्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाल रेडक्रस सोसाइटीले कोका–कोला फाउन्डेशनको साथमा कोभिड–१९ महामारीको बेला बिरामीहरुलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मी र स्वयंसेवकलाई सहयोग गरेको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागका निर्देशक डा मनिता राजकर्णीकर र कोका–कोला नेपालका प्रतिनिधिहरुले शिक्षण अस्पतालका डा. रमेश महारनांकलाई सुरक्षा सामग्री हस्तान्तरण गरे ।
साझेदारी परियोजनाकोे रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल, पाटन अस्पताल, जनमैत्री अस्पताल र नेपाल मेडिकल एसोसिएशनका स्वास्थ्य पेशेवरहरुलाई व्यक्तिगत सुरक्षा सामानहरु वितरण गरीएको छ ।
यसबाहेक विभिन्न १० जिल्लामा पनि खोप केन्द्र र स्वास्थय संस्थाहरुमा सहयोग गरिएको बताइएको छ । नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका प्राविधिक, स्वास्थ्यकर्मीहरु, र एम्बुलेन्सहरु पनि सहयोगी सामग्री प्राप्त गर्ने लाभार्थीहरुको हिस्सा भएका छन् ।
“नेपाल रेडक्रस र दी कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्र पंतिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकको संरक्षण गर्न र ‘स्टप द स्प्रेड’ अभियानलाई मूर्त रुप दिने एउटा प्रयास हो” नेपाल रेडक्रस स्वास्थ्य सेवा विभागका निर्देशक डा राजकर्णिकारले भनिन् ।

प्रतिक्रिया दिनुहोस्