ब्रिटिस कलेजलाई ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता «

ब्रिटिस कलेजलाई ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी) ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकका रूपमा ब्रिटिस मान्यता परिषद् (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता पाएको छ ।
लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेस्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको टीबीसीले बीएसीको मान्यता पाएको हो । यससँगै टीबीसी नेपालमा ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त गर्ने पहिलो कलेज बनेको छ ।
बीएसीको टिमले कलेजको हरेक पक्षलाई शूक्ष्म ढंगले अध्ययन तथा अनुसन्धान गरेर टीबीसीलाई मान्यता दिएको हो । ब्रिटिस कलेजले पनि हरेक पक्षमा ध्यान दिएकै कारणले गर्दा कठिन तरिकाले मान्यता प्राप्त गरेको दावी गरेको छ ।
बीएसीले शैक्षिक संस्थाहरुलाई मान्यता प्रदान गर्नका लागि कलेजको भौतिक संरचना, विद्यार्थी, कर्मचारीलगायतका विषयहरुको जाँच गरेको थियो । टीबीसीले विद्यार्थी तथा कर्मचारीलाई दिएको सुविधा, पाठ्यक्रम, कर्मचारीहरु, विभिन्न विभागहरु, भवनको संरचना, अनलाइन सेवा सुविधाहरु, विद्यार्थी भर्ना प्रक्रिया, विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप तथा रोजगारीका अवसर प्रदान गरेकै कारण बीएसीको मान्यता पाएको हो । यससँगै बीएसीले टीबीसीको साझेदार संस्थाहरु, सल्लाहकार समिति, सहयोगी प्यानलहरुको समूहलगायतको पनि जाँच गरेको थियो ।
कोभिड–१९ महामारीको समयमा कलेजले कसरी शिक्षा प्रदान गरिरहेको छ भनेर ब्रिटिस एक्रिडेसन काउन्सिलले प्रत्यक्ष रुपमा विद्यार्थीको सिकाइ, एकेडेमिक टिमको कार्यशैलीलगायतका कामको अवलोकन तथा मूल्यांकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्