इजरायलमा केयरगिभरको संख्या थप गर्न आग्रह «

इजरायलमा केयरगिभरको संख्या थप गर्न आग्रह

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले इजरायलमा नेपाली केयरगिभरको संख्या थप गर्न अनुरोध गरेका छन् । नेपालका लागि इजरायली राजदूत वेन्नी ओमरसँग मंगलबार भेट गर्दै मन्त्री बिष्टले सो अनुरोध गरेका हुन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले इजरायलमा नेपाली केयरगिभरको संख्या थप गर्न अनुरोध गरेका छन् । नेपालका लागि इजरायली राजदूत वेन्नी ओमरसँग मंगलबार भेट गर्दै मन्त्री बिष्टले सो अनुरोध गरेका हुन् । मन्त्री बिष्टले नेपाल र इजरायलबीच कृषि, पर्यटन र रोजगारीको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने पर्याप्त सम्भावना रहेको र नेपाली कामदार खासगरी केयरगिभरको संख्या थप गर्न सकेमा दुवै देश लाभान्वित हुने कुरा व्यक्त गरे ।उक्त भेटका अवसरमा नेपाल र इजरायलबीचको  सम्बन्धका विविध आयामका विषयमा पनि छलफल भएको थियो । छलफलमा मन्त्री बिष्टले श्रम सम्बन्धको माध्यमबाट नेपाल र इजरायलबीचको दुईपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन सकिने विश्वास व्यक्त गरे । भेटका अवसरमा राजदूत ओमरले नेपाली कामदारहरुले इजरायलको विकासमा सकारात्मक योगदान पु¥याएको चर्चा गर्दै नेपाली कामदारहरु  मेहनती, इमान्दार र अनुशासित भएका कारण कामदारहरुको संख्या बढाउन इजरायल सरकार सकारात्मक रहेको बताए । साथै इजरायलबाट फर्की आएका युवाहरुले इजरायली कृषि प्रविधिको प्रयोग गरी विभिन्न व्यवसायहरु सञ्चालन गरको जानकारी पाउँदा आफू खुशी भएको बताए । उक्त भेटघाटमा मन्त्रालयका सचिव महेश प्रसाद दाहाल र  इजरायलका लागि नेपालका नवनियुक्त राजदूत डा. अञ्जान शाक्यको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्