नेपालटक र मुक्तिखबर डटकमका सञ्चालक पक्राउ «

नेपालटक र मुक्तिखबर डटकमका सञ्चालक पक्राउ

विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना (न्यौपाने)को नाम विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रसँग जोडेर समाचार लेख्ने अनलाइनका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालटक डटकम र मुक्तिखबर डटकमका सञ्चालक श्याम रोका हुन् ।
महानगरीय अपराध महाशाखाको टोलीले रोकालाई पक्राउ गरी विद्युतीय अपराध कसुर अन्तर्गत अनुसन्धान सुरु गरेको बताइएको छ । तत्कालीन विवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शनाले प्रहरीमा आफ्नो चरित्रहत्या गर्ने र गलत समाचार प्रकाशित गर्ने अनलाइनविरुद्ध उजुरी दिएकी थिइन् ।
गएको शुक्रबार विवेकशील साझा पार्टीबाट छुट्टिएलगत्तै उक्त पार्टीका संयोजक रवीन्द्र मिश्रले रञ्जु दर्शनालाई यौन दुव्र्यवहार गरेको समाचार केही अनलाइनले प्रकाशित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्