नेपालको परिप्रेक्ष्यमा शोधनान्तर सन्तुलन «

नेपालको परिप्रेक्ष्यमा शोधनान्तर सन्तुलन

नेपाल राष्ट्र बैंकले कोभिड–१९ को तेस्रो लहर सुरु भए पुनरुत्थानमा थप चुनौती थपिने भन्दै महामारी प्रभावित क्षेत्र तथा व्यवसायलाई दिइएको सहुलियतलाई निरन्तरता दिने भएको छ । अहिले राष्ट्र बैंकले आफूसँग भएको ४० अर्ब हाराहारीको कोषबाट ५ गुणा अर्थात् २ सय अर्ब रुपैयाँसम्म पुनर्कर्जा वितरण गरिरहेको छ । यसलाई गभर्नरले निरन्तरता दिने कुरा सार्वजनिक भएका छन् ।
राष्ट्र बैंकले ऋणको नवीकरण र पुनर्संरचनालगायतका विषयलाई ‘विषयगत’ रूपमा हेर्ने भएको छ । कोभिडको दोस्रो लहर र निषेधाज्ञाको असरस्वरूप व्यवसायमा परेको समस्यालाई सम्बोधन गर्न प्रभावका आधारमा नवीकरण र पुनर्संरचना गर्ने भएको हो ।
राष्ट्र बैंकले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण मूल्यवृद्धिमा दबाब परेको जनाएको छ । व्यापारघाटालाई विप्रेषणबाट भरथेग गर्न नसके विदेशी मुद्राको सञ्चिति व्यवस्थापनमा चुनौती थपिने उल्लेख गरेको छ ।
साधारण प्रेसमा पनि आर्थिक प्रश्नहरूको चर्चा–परिचर्चामा धेरै शब्दहरूको उपयोग गरिन्छ, जो केही दशक अघिसम्म केही अर्थशास्त्रीहरू वा अन्य पेसेवरहरूद्वारा मात्र प्रयोग गर्ने र बुझ्ने गरिन्थ्यो । के राष्ट्रिय राजनीति वा अन्तराष्ट्रिय मामिलाहरूलाई पछ्याउने कोसिस गर्ने पाठक सधैं पेसेवर शोधनान्तर सन्तुलन वा भुक्तानी सन्तुलन, कुल राष्ट्रिय उत्पादन, युरो डलर, बहु विनिमय दर वा तुलनात्मक लागत, आर्थिक उदारीकरण, निजीकरण, विश्व व्यापार संगठन, साफ्टा, बीबीआईएन, बिमस्टेकजस्ता शब्दहरूसँग परिचित हुनुपर्ने आवश्यकता छ ?
संसारमा युद्धपछिको अवधिको समयमा ‘भुक्तानी सन्तुलन’ शब्द सबै देशका अखबारका पाठकहरूलाई राम्ररी परिचित भएको थियो । प्रेसमा लेखमा, भुक्तानीको ब्यालेन्स अक्सर एक धेरै सरल तरिकामा परिभाषित गरिएको छ । यो वर्णन गर्न सकिन्छ, उदाहरणका लागि, एक देशको पैसा रसिदहरू र भुक्तानी अधिशेष वा घाटाको एक रेकर्डको रूपमा । यस्तो सरल र स्पष्ट व्याख्या उपयोगी छन् कि तुरुन्तै भुक्तानीको ब्यालेन्स सबैको बारेमा एक सामान्य ज्ञान धारणा प्रदान गर्छ । जे होस्, यो वास्तवमा केही धेरै जटिल छ, यस्तो भाषा यो सटीकमा परिभाषित गर्नका लागि एक राम्रो बिन्दु प्रदान गर्छ ।
‘ब्यालेन्स अफ पेमेन्ट’को अध्ययन हालैका वर्षहरूमा व्यापारीहरू, बैंकरहरू, राजनेताहरू र अर्थशास्त्रीहरूका लागि धेरै चासोको विषय बनेको छ । जसरी एक बैंकको वित्तीय विवरण एक बैंकको वित्तीय स्थितिको रूपमा प्रकट गर्छ, त्यसैगरी विदेशी देशहरूको तुलनामा वास्तवमा यो यति महत्वपूर्ण छ कि भुक्तानीको सन्तुलन एक देशको स्वास्थ्यका लागि आर्थिक ब्यारोमिटर मानिन्छ ।
यो एक देशको आर्थिक समस्याको सूचकको कुञ्जी प्रस्तुत गर्न सक्छ । एक देशको भुक्तानी सन्तुलन देशका बासिन्दाहरू र विदेशी देशहरूको बासिन्दाहरूबीच सबै आर्थिक लेनदेनको एक व्यवस्थित रेकर्ड हो । भुक्तानी सन्तुलन दुवै दृश्य र अदृश्य लेनदेन सामेल हुन्छन् ।
भुक्तानी सन्तुलनको प्रयोजनका लागि, अन्य आर्थिक तथ्यांकहरूका लागि एक देशको मतलब ती व्यक्तिहरू र व्यापारिक उद्यमहरू, वित्तीय संस्थाहरूसहित एक देशको क्षेत्रसँग स्थायी संघहरू छन्, सबै स्तरमा देशका सरकारी अधिकारीहरूसँगको आर्थिक लेनदेनको अवस्था प्रकट गर्छ । जसरी यी सन्तुलन भुक्तानी शब्दावलीमा ‘बासिन्दा’ भनिन्छ, बासिन्दाहरूमा ती सबै आर्थिक एकाइहरू हुन्छन्, जसको आर्थिक गतिविधि निर्देशन र राष्ट्रिय अधिकारहरूद्वारा नियन्त्रणको अधीनमा रहन्छन् ।
भुक्तानीको ब्यालेन्स एक दोहोरो प्रविष्टि प्रणालीमा आधारित हुन्छ, जो प्रत्येक डेबिट एक क्रेडिटद्वारा मिलानको लागि प्रदान गर्छ । कसरी, तब त्यहाँ एक ‘भुक्तानी सन्तुलन मा घाटा’ हुन सक्छ ? यदि भुक्तानीको ब्यालेन्समा एक घाटा वा अधिशेष चयनित लेनदेन मात्र बनेको छ, यो के चयनमा समावेश छ, जान्नका लागि महत्वपूर्ण छ ।
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति र आर्थिक वर्ष २०७७-७८ को ११ महिनाको तथ्याङ्कका आधारमा आयात २५.७ प्रतिशतले र निर्यात ३७.८ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १२.६ प्रतिशत र अमेरिकी डलरमा १०.४ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु. १५ अर्ब १५ करोडले घाटामा छ । कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको छ ।
वैदेशिक व्यापार (११ महिना) वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, ऊनी गलैंचालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायतका वस्तुको निर्यात घटेको छ ।

आयात–निर्यात व्यापारघाटा
आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा कुल वस्तु आयात २५.७ प्रतिशतले वृद्धि भई रु. १३८३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५.३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.२ प्रतिशत, २४.० प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एम.एस. बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन्क्वाइल, चाँदीलगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा कुल वस्तु व्यापारघाटा २४.६ प्रतिशतले वृद्धि भई रु. १२६२ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६.४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत रहेको थियो ।

विप्रेषण आप्रवाह
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई रु. ८ सय ७० अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

चालू खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालू खाता रु. २ सय ९३ अर्ब ९७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु. ६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड ८५ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. १५ अर्ब १५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. १७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति
२०७७ असार मसान्तमा रु. १४ सय १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.६ प्रतिशतले कमी आई २०७८ जेठ मसान्तमा रु. १३ सय ६५ अर्ब ६५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ जेठ मसान्तमा ०.६ प्रतिशतले वृद्धि भई ११ अर्ब ७१ करोड पुगेको छ ।
नेपालमा गत वर्षको ११ महिनाको तथ्यांकका आधारमा शोधनान्तर घाटा बढेपछि नेपाल राष्ट्र विलासिता र अनावश्यक वस्तु आयातमा रोक लगाउने सम्भावना बढेर गएको छ ।
अहिले देशको चालू खाता घाटा २ खर्ब ९३ अर्ब रुपैयाँ पुगिसकेको छ । उच्च आयातका कारण असारको शोधनान्तर घाटामा गएको छ । जबकि गत वर्ष असारमा अवधिमा शोधनान्तर २ खर्ब ८२ अर्ब रुपैयाँ बचतमा थियो ।
उच्च व्यापारघाटा हुने अनुमानमा पोहोर लकडाउनअघि सरकारले ५० हजार डलरमाथिका गाडी आयातमा रोक लगाएको थियो भने विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाएको थियो । केराउ, सुपारीजस्ता वस्तुको आयातमा पनि परिमाणात्मक बन्देजलगाएको थियो ।
आर्थिक वर्ष २०७७-७८ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.१ महिनाको वस्तु आयात र १०.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
मुलुकको बढ्दो व्यापारघाटालाई चिन्ता र चासोको रूपमा लिँदै केही वस्तु आयातमा नियन्त्रण आवश्यक रहेको राष्ट्र बैंकले जनाएको छ । व्यापारघाटा र देशको शोधनान्तर स्थितिमा चाप न्यूनीकरण गर्न विलासिता र अनावश्यक वस्तुको आयातमा नियन्त्रण र प्रतिस्थापनमा जोड दिनु आवश्यक र अनिवार्य भइसकेको छ । यसअघि पनि शोधनान्तर घाटा बढेसँगै चालू खाता उच्च भएपछि राष्ट्र बैंककै सिफारिसमा सरकारले केही वस्तुको आयातमा रोक लगाएको थियो भने केहीमा परिमाणात्मक बन्देज लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्