पुरातात्विक सम्पदामा पुनर्निर्माण कठिन «

पुरातात्विक सम्पदामा पुनर्निर्माण कठिन

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि बनिसकेका घरलाई अनुदान दिने निर्णय गरेको उल्लेख गरेका हुन् । उनले प्राविधिक कारणले समयमा इन्जिनियरिङ जाँच हुन नसकेका घरहरूले समेत अनुदान पाउनुपर्ने बताए ।
भूकम्प गएको झण्डै ३ वर्ष बित्दा पनि पुननिर्माणको कामले पूर्णता नपाएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि ब्यक्त गरेका छन् । उनले २०७२ साल माघ २ गते नै शिलान्यास भएका संरचना पनि विवादमा अल्झिएर कारण तोकिएको समय सीमाभित्र पुनर्निर्माण काम सम्पन्न हुन कठिन रहेको बताएका हुन् । कामलाई चुस्त बनाउनका लागि पुननिर्माणको काम स्थानीय प्राविधिकबाट गराउन पनि उनले निर्देशन पनि दिए ।
बैठकमा सांसदहरूले भूकम्प प्रभावित जिल्लाको पुनर्निर्माणको काममा सुस्त भएकोले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूले घर बनाउने गरिब परिवारलाई अनुदान वितरण गर्न ढिलो गरेकोदेखि पहाडी जिल्लामा खानेपानीको हाहाकार भएको सम्मको गुनासो गरेका छन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले वर्तमान सरकार गठन भएपछि पुनर्निर्माणको कामले गति लिएको तथ्यांक प्रस्तुत गरे । उनले हालसम्म ३ लाख ४७ हजार ८ सय १७ घर पुनर्निर्माण भएको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्