गोर्खाज फाइनान्सको २५औ शाखा हेटौडामा «

गोर्खाज फाइनान्सको २५औ शाखा हेटौडामा

गोर्खाज फाइनान्सले हेटौडा उपमहानगरपालिका–४ मा २५औं शाखा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको छ । उक्त शाखाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी तथा गोर्खाज फाइनान्सका अध्यक्ष यादवचन्द्र राईले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
फाइनान्सले निःशुल्क डेविट कार्ड, इन्टरनेट बैंकिङ, एबिबिएस सेवा, चेक बुक, कनेक्ट आईपीएस तथा रेमिट्न्स सेवा दिँदै आएको छ ।
हालसम्म फाइनान्सले मुख्य कार्यालयसहित २४ वटा शाखा कार्यालयहरु पाँचथरको रवि, झापाको विर्तामोड, दमक, सुनसरीको ईटहरी, धरान, धनकुटाको भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, विरगञ्ज, नारायणघाट, पोखरा, लखनचोक बुटवल, विजौरी दाङ, नेपालगञ्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर तथा काठमाडौंमा डिल्लीबजार, बौद्व, गोंगबु, न्युरोड, सातदोबाटो र भक्तपुर गरी सातै वटा प्रदेशमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्