सामसङ र एप्पलालाई उछिनेर साओमीबन्यो नम्बर वान स्मार्टफोन ब्राण्ड «

सामसङ र एप्पलालाई उछिनेर साओमीबन्यो नम्बर वान स्मार्टफोन ब्राण्ड

शक्तिशाली स्मार्टफोन ब्राण्ड सामसङ र एप्पललाई पछाडि पार्दै साओमीविश्वको नम्बर वान स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ ।
काउन्टरपोइन्टको पछिल्लो रिपोर्टकाअनुसार भारतीयबजारमा अग्रणी ब्राण्डको रुपमा स्थापित साओमीले सामसङलाई यस वर्षको दोस्रो त्रैमासिकमा आएर पछाडि पार्न सफलभएको हो ।


सामसङलाई साओमीले केही समयअघि युरोपेलीबजारबाट विस्थापनगर्न सुरु गरेको थियो । त्यसपछि गतजूनमाआएर साओमीले नम्बर एक ग्लोबल स्मार्टफोन ब्राण्ड सामसङलाई विश्वबजारमै पछि पार्न सफलभएको हो ।
यद्यपि दोस्रो त्रैमासिकमा सामसङलाई पछाडि पारेको देखिए पनि २०२१ को दुवै त्रैमासिकको समग्र बिक्री परिमाणलाई गणना गर्ने हो भने साओमी अझै दोस्रो स्थानमा आउँछ ।


रिपोर्टकाअनुसार २०२१ जूनसम्म आइपुग्दा साओमीको मासिक वृद्धिदर २६ प्रतिशत रहेको छ । यो परिमाणले कम्पनीलाई तिब्र गतिमा विकसित ब्राण्डको रुपमास्थापितगर्नेछ ।
साअ‍ोमीले २०११ म ब्राण्ड सुरु गरे यताहालसम्म ८० करोड स्मार्टफोन सेट बिक्रीगरिसकेको छ ।
ह्वावेको पतनको फाइदा उठाएर विश्वबजारमाचम्एिको साओमीले कोभिड १९ को समयमा भियतनाममा आपूर्ति रोकिदाँ झनै ठूलो लाभलिन सफलभयो । कोरियाली स्मार्टफोन कम्पनी सामसङको सबैभन्दा धेरै ह्याण्डसेट डिभाइस भियतनाममै निर्माण हुने गर्दछ ।
२०२१ जूनको चार्ट अनुसार हाल स्मार्टफोनको विश्वबजारमा साओमीको हिस्सा १७.१ प्रतिशत, सामसङको १५.७प्रतिशत र एप्पलको १४.३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्