नागरिक सैनिक कार्यक्रमअन्तर्गत ५४ पूर्वाधार निर्माण «

नागरिक सैनिक कार्यक्रमअन्तर्गत ५४ पूर्वाधार निर्माण


जुम्लामा नागरिक सैनिक कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाली सेनाले जुम्लामा शान्ति सुरक्षासँंगै पूर्वाधार विकास, स्वास्थ्य, कृषि तथा सञ्चार समन्वयमा काम गर्दै आएको छ ।


नेपाली सेनाले जुम्लामा नागरिक सैनिक कार्यक्रमअन्तर्गत नमुना पूर्वाधार विकास, दुर्गम गाउँमा स्वास्थ्य शिविरि सञ्चालन, ब्यारेकभित्र कृषि क्रान्ति, काठेपुल निर्माण, सडक सञ्चालन, शौचालय निर्माणलगायतका उदाहरणीय काम गरिरहेको छ । जसअन्तर्गत करिब ६० लाख लागतमा निर्माण हुने संरचना नेपाली सेनाले कर्णाली मावि अनामनगरमा २५ लाखमै ४ कोठे दुईतले भवन, स्मार्ट शौचालय, नमुना बास्केट बल कोर्ट निर्माण गरेको छ । जुन जिल्लाकै एक नमुना उदाहरण हो ।

त्यसका साथै नेपाली सेनाले गएको आर्थिक वर्षमा जुम्ला जिल्ला भरि करिब ५४ योजना निर्माण तथा मर्मत सम्भार गरेको २४ नम्बर बाहिनी अड्डाका बाइनीपति याम सापकोटाले बताए ।
उनका अनुसार एउटा काठेपुल निर्माण, चारवटा सडक सञ्चालन, दुईवटा बाटो निर्माण, एक विद्यालय भवन निर्माण, एक बास्टेकबल कोण, तीनवटा जनचेतनामूलक कार्यक्रम सञ्चालन, स्वास्थ्य शिविर सञ्चालन, नौ स्थानमा आगलागी नियन्त्रण, रक्तदानलगायतका ५४ वटा योजना निर्माण र कार्यक्रम सञ्चालन भएका छन् ।
आगामी दिनमा पनि नागरिक सैनिक कार्यक्रमअन्तर्गत समुदायको माग र आवश्यकता अनुसार नेपाली सेनाले थप काम गर्ने बाहिनीपति सापकोटाले उल्लेख गरे । सेनाले निर्वाध रूपमा समाजसेवामा काम गरिराखेको छ । र अबका दिनमा पनि नागरिकका हितका लागि काम गर्नेछ ।

नन्दाबक्स गण जुम्लामा नयाँ आएका गणपति रबिन थापाले भने, “नागरिक सैनिक कार्यक्रमलाई थप प्रभवाकारी बनाइने छ भने, सञ्चारकर्मीसँंगको सम्बन्ध सुमधुर गर्न, पूर्वाधार विकास निर्माण तथा अन्य गतिविधिमा सेना कहिले पछि हट्ने छैन । मिडियाको साथ चाहन्छांै ।”
नगरिक सैनिक कार्यक्रमलाई थप प्रभावकारी तथा दुरदराज केन्द्रित गरिने गणपति थापाको भनाइ छ ।
उनले सेनाभित्रको स्रोतसाधनको भरपुर प्रयोग गरेर भए पनि जनमैत्री कार्यमा जोड दिने बताए । विपद् व्यवस्थापन, शान्ति सुरक्षा, विकास निर्माण, स्वास्थ्य शिक्षाका क्षेत्रमा काम गर्न चाहन्छौं । गणपति थापाका अनुसार प्रभावकारी समन्वय र सहकार्यको खाँचो छ । समयमै सूचना र जानकारी आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्