अमेरिकी ‘सट डाउन’मा डेमोक्र्याट भन्दा ट्रम्प दोषीः सर्भे

अमेरिकी सरकारी कामकाज ठप्प हुनुमा डेमोक्र्याट भन्दा ट्रम्प दोषि भएको वासिङटन पोष्ट–एबीसी सर्भेले देखाएको छ ।
यो आंशिक बन्दले अमेरिकी सरकारको एक चौथाइका हाराहारी हिस्सा प्रभावित भएका छन् भने झन्डै ८ लाख फेडरल कामदारहरु प्रभावित भएका छन् । अमेरिकी सटडाउन हाल चौथो सातामा चलिरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले २०१६ को अभियानको समयमा प्रतिबद्धता जनाएको मेक्सिकोको सीमामा पर्खाल लगाउने विषयमा राष्ट्रपति र कंग्रेसनल डेमात्र्mयाटबीचको मत भिन्नताको नतिजा स्वरुप यो आंशिक बन्द भएको हो ।
यो अवस्थाका लागि को बढी जिम्मेवार छ भनि सोधिएको प्रश्नमा ५३ प्रतिशत अमेरिकीले ट्रम्प र कंग्रेसनल रिपब्लिकनलाई औल्याएका छन् । यसको तुलनामा २९ प्रतिशतले मात्रै डेमात्र्mयाटलाई दोषि ठहराएका छन् भने १३ प्रतिशतले दुवै पक्ष बराबर जिम्मेवार भएको बताएका छन् । ४ प्रतिशतले कुनै पनि धारणा राखेका छैनन् ।
“म इच्छुक छु र सम्झौत होस भन्ने विषयमा राजी पनि छु । तर उनीहरु छैनन्,” कंग्रेसनल डेमोक्र्याटलाई देखाउदै उनले भने । “उनीहरुले यसलाई राजनीति मान्छन् । मलाई लाग्छ यो खराब राजनीति हो । अमेरिका सीमामा सुरक्षा चाहन्छ,” ट्रम्पको भनाई थियो ।
यूएसए टुडे