नेपाली कामदारहरूलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग «

नेपाली कामदारहरूलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग

राष्ट्रिय सभा सदस्य गंगा कुमारी बेलबासेले कोरिया जान रोकिएका नेपाली कामदारहरूलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गरे ।
शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य बेलबासेले वैदेशिक रोजगारीका लागि कोरिया जान लागेका कामदारहरू दुई देशबीचमा भएका समस्याहरूका कारण कोरिया जान नपाएको भन्दै उनीहरूलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले भने, ‘कोरिया जानका लागि तयार भएर बसेको ठूलो जनसमुदाय अहिले पनि यत्तिकै बसिराखेको छ ।

उहाँहरूले जानका लागि सबै प्रक्रियाहरू पूरा गर्नुभयो तर यताबाट पठाउने र उताबाट रिशिभ गर्ने दुई देशको बिचमा केही समस्याहरू भएको कारणले उहाँहरू अड्किराख्नुभएको छ । उहाँहरूको व्यवस्था गरियोस् भन्ने पनि म माग गर्न चाहन्छु ।’
उनले वैदेशिक रोजगारीमा जान लागेकाहरू क्युआर कोडका लागि, भ्याक्सिन र प्रमाणित कार्डको लागि विभिन्न ठाउँमा लाइन बसि राख्नुपर्ने भएकाले लाइन बसिराख्नु नपर्ने खालको व्यवस्था गर्नको लागि पनि सरकारसँग अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्