संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग «

संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग गरे ।
शुक्रबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले संक्रमणकालीन न्यायलाई टिो टुंगो लगाउनुपर्ने बताए । बृहत् शान्ति सम्झौता भएको र नयाँ संविधान बनेको पनि लामो समय भइसक्दा पनि द्वन्द्वपीडितले न्याय नपाएको र पीडकको पहिचान सम्म हुन नसकेको भन्दै राजनीतिक दलले गरेको प्रतिबद्धता पूरा गर्न नसकेको बताए ।

उनले संक्रमणकालीन न्याय नटुंगिए शान्ति प्रक्रिया नै पुरा नहुने भएकाले आगामी चुनाव सम्ममा संक्रमणकालीन न्यायलाई टुंग्याउन माग गरे । उनले भने, ‘जबसम्म संक्रमणकालीन न्यायको मुद्दा टुंगिदैन, तबसम्म शान्ति प्रक्रिया हाम्रो टुंगिएको मानिदैनँ । र हामीले विश्व सामु गौरव गर्ने ठाउँ पनि छैन ।

त्यसले गर्दा यदि कानुनमा कमी छ भने कानुन संशोधन गर्न लिएर आउनुस् । हामी कानून संशोधन गरौँ । कानूनमा संशोधन गरेर यो कुरालाई टुंग्याउँ । अर्को चुनावमा जानुभन्दा अगाडि संक्रमणकालीन न्यायको मुद्दा टुंगियोस् भनेर मैले सरकारलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।’
उनले बृहत् शान्ति सम्झौतापछि द्वन्द्वरत पक्ष नै पटक¬–पटक सरकार सञ्चालनमा पुगेको भए पनि यस विषयलाई टुंगोमा पु¥याउन नसकेको बताउनुभयो । राजनीतिक दलले चाहेमा तुरुन्तै गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्