Logo

एसईईको नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगन भएको छ । परीक्षा आउन एक हप्ता बाँकी हुँदा बोर्डको शबिार बसेको बैठकले अन्तिम तयारी पूरा गरिसकेको परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।


कक्षा ११ को परीक्षा हाल भौतिकरूपमा होमसेन्टरमा सञ्चालन भइरहेको अवस्थामा बोर्डले कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक शर्माका अनुसार कक्षा ११ को परीक्षा ९० प्रतिशत सकिएको र यता कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को परीक्षा भने स्थगन गर्ने निर्णय भएको छ ।


परीक्षा कहिले कसरी सञ्चालन हुन्छ भन्नेबारेमा बोर्डको अर्को बैठकले निर्णय गरी परीक्षा सञ्चालन हुनुभन्दा १५ दिन अगाडि नै सूचना सार्वजनिक गरिने उनको भनाइ थियो ।
यसैबीच, शनिबार नै राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको शनिबार बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।
नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि कति विद्यार्थीले कुन जिपए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कन सङ्कलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । क

प्रतिक्रिया दिनुहोस्