अरुण काबेली पावरको साधारणसभा «

अरुण काबेली पावरको साधारणसभा

 अरुण काबेली पावर लिमिटेडको सातौ तथा आठौ संयुक्त वार्षिक साधारणसभा, कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ । यस साधारण सभाले आर्थिक वर्ष ०७३/७४ तथा आव ०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहलगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ । यस कम्पनीका संस्थापक सेयरधनीको प्रतिनित्व गर्ने सञ्चालक पद ‘क’ वर्गमा ४ जना गुरुप्रसाद न्यौपाने, जीवनराज शाक्य, बच्छराज तातेड तथा भेजप्रसाद तिमिल्सिना र सर्वसाधारण सेयरधनी ‘ख’ वर्गमा २ (दुई) जना सञ्चालक मिलन खड्का तथा श्रीमती नोलकुमारी आचार्यलाई महिलाको प्रतिनिधित्व गर्ने गरी सोमबार भएको निर्वाचनमा सर्वसम्वत् सञ्चालक समितिमा चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्