नेबिको बिस्कुटमा आगलागी «

नेबिको बिस्कुटमा आगलागी

काठमाडौंको बालाजुस्थित नेबिको बिस्कुट उद्योगमा आगलागी भएको छ । शनिबार बिहान २ बजेबाट लागेको आगो ११ घण्टाको संयुक्त प्रयासमा नियन्त्रणमा आएको कम्पनीले जानकारी दिएको छ ।
आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो आर्थिक क्षति भएको जनाइएको छ । कम्पनीमा रहेको उत्पादित बिस्कुट, बिस्कुट प्लान्ट, प्याकेजिङ मेसिन, कुकिज प्लान्ट, भौतिक संरचना, कच्चा सामग्री, गोदाम तयारी सामान लगायतमा पूर्ण क्षति भएको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक क्षतिको यकिन विवरण भने सार्वजनिक गरेको छैन ।  सुरक्षा निकाय, कर्मचारी, सिम्रिक हेलिकप्टर, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल, उपत्यकाका अग्नी नियन्त्रकलगायतको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्