ताइवानलाई सहयोग गरेकोमा अमेरिका र भारतलाई चिनियाँ चेतावनी «

ताइवानलाई सहयोग गरेकोमा अमेरिका र भारतलाई चिनियाँ चेतावनी

बेइजिङ-पन्डुब्बी बनाउन ताइवानलाई प्रविधि हस्तान्तरण गर्न लागेकोमा चीनले अमेरिका, भारत लगायतका ६ मुलुकलाई चेतावनी दिएको छ । पनडुब्बी निर्माणका लागि ताइवानको सहयोग गर्ने कदमबाट यी देशसँगको द्विपक्षिय सम्बन्धमा आघात पुग्न सक्ने चीनले जनाएको छ ।
ताइवानको पनडुब्बी निर्माणका लागि प्रस्तावित डिजाइन हस्तान्तरण गर्ने अमेरिका, जापान तथा युरोपेली संघका ६ कम्पनीमा १ भारतीय कम्पनी पनि समावेश रहेको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भनेका छन्,“बेइजिङ ताइवानलाई हतियार बिक्री गर्ने तथा कुनै प्रकारको सैन्य सम्बन्ध बनाउने देशेको बिरोध गर्छ । यो बिरोध स्पष्ट रुपमा रहिरहने छ । हामी अमेरिका तथा अन्य देशसँग यो विषयमा संवेदनशीतापूर्ण तरिकाबाट स्वीकार गर्ने अनुरोध गर्छौ ।” उनले भनेका छन्,“ हामी एक चीनको सिद्धान्तको पालना गर्दै ताइवानलाई पन्डुब्बी कार्यक्रमको अनुमती प्रदान नगर्ने तथा उसँग कुनै पनि प्रकारको सैन्य सम्बन्ध समाप्त गर्ने अपिल गर्छौ ।” भारतको पनि ताइवानसँग कुटनीतिक सम्बन्ध छैन । तर ताइवान नयाँ दिल्लीमा ताइपेई आर्थिक सांस्कृतिक केन्द्रका उपयोग गरेर दुतावासको जस्तै काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्