नेपाल–कतार व्यवसायी संघमा चौलागाईं

गत शुक्रवार कतारमा सम्पन्न नेपाली व्यवसायीहरूको भेलाले नेपाल–कतार व्यवसायी संघ कतारको स्थापना गरेको छ । संघको अध्यक्षमा महेन्द्र चौलागाईं सर्वसम्मत चयन भएका छन् । यसै गरी डा. देवकाजी डंगोल संरक्षक रहेको संघका उपाध्यक्षहरूमा आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी, समिर मास्के र गोविन्द के.सी. रहेका छन् । महासचिव सागर नेपाली, सचिव उमेश अधिकारी, सहसचिव रमेश भट्ट र कोषाध्यक्षमा चुडामणी कार्की चयन भएका छन् । सदस्यहरूमा नवीन सत्याल, डा. नितेश अर्याल, स्याम भुसाल, अबदुल वासिद, रवि गुरुङ, राम श्रेष्ठ, विकास प्रसाईं, पूर्ण पोखरिया, सुनिल घिमिरे र मधुकर रिजाल चुनिएका छन् ।
नवगठित संघले १४ जनवरीमा नेपाली राजदूतावासमा राजदूत रमेश प्रसाद कोइरालालाई भेटघाट गरी संघको बारे जानकारी गराएको थियो । उक्त भेटघाटमा राजदूतले संघको सफलताको कामना गरेका थिए । सन् २००० देखि विभिन्न व्यापार व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूमाझ आपसी सहयोग गर्ने, नेपाल र कतारको व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने र नेपालमा कतारी व्यवसायीहरूलाई लगानी गर्न पहल गर्ने संघ गठन गरिएको हो । यसले नेपालको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको चौलागाई“ले बताएका छन् ।
कतारमा एक हजारभन्दा बढी नेपाली व्यवसायीहरू रहेका अनुमान छ । नेपाली व्यवसायीहरूको संख्या न्यून रहे पनि तुलनात्मक रूपमा नेपाली व्यवसायीहरूले राम्रो इज्जत कमाएको अध्यक्ष चौलागाईंले बताए ।