मुगुमा व्यापारी र प्रहरी खोई मास्कभन्दै सडकमा मास्क वितरण «

मुगुमा व्यापारी र प्रहरी खोई मास्कभन्दै सडकमा मास्क वितरण

मुगु जिल्लामा हिजो–आज दिन प्रतिदिन कोरोनाका संक्रमित बढ्न थालेपछि मुगु जिल्लामा रहेको व्यापारी र जिल्ला प्रहरी कायालय मुगुको संयुक्त आयोजनामा तपाईंको मास्क खोई बन्दै मास्क वितरण गरेका छन् ।
पछिल्लो समयमा कोरोनाको भाइरस बढी रहेको र बजारमा आवत–जावत गर्ने मानिसहरूले नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट निधारण गरेका स्वास्थ्य माप दण्ड नअपनाउँदा कोरोना भाइरस बढिरहेको हुनाले यसबाट बच्न र बचाउनका लागि सन्देशमूलक सन्देशसहित बजार, गाउँ टोल टोल, सवारी साधनमा आवगमन गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, व्यापारीहरूले ग्राहकहरूलाई अनिवार्य मास्क लगाएर मात्र पसलमा पस्न गलाउने र ब्यापारीहरूले अनिवार्य माक्स र सेनिटाइजर प्रयोग गर्ने सन्देशसहित बजारमा हिँड्डुल गर्ने मानिसहरूलाई तपाईंको मास्क खोई बन्दै २ हजार पिस माक्स बितरण गरिएको मुगु उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमलबहादुर बुढाले बताएका छन् ।
पछिल्लो समयमा कोरोना भाइरस कोभिड–१९ को लकडाउन केही खुकुलो हुँदा जिल्लाका सार्वजनिक स्थानहरूमा मानिसको जमघट, बजारमा मास्क प्रयोग नगरी मानिसको बढी हिँड्डुल भएको हुँदा कोरोनाबाट बच्नका लागि मास्क अनिवार्य प्रयोग गर्ने खाली माक्स हिँड्डुल गर्ने मानिसहरूलाई सचेतनामूलक सन्देश दिँदै मुगु जिल्लाको सदरमुकाम गमगढी बजारको अदालत चोक हुँदै कालिका मालिका मन्दिर, कृष्णचोक, महाकाली उच्च मावि हुँदै न्युरोडसम्म बजार परिक्रमा गरी कोरोना भाइरसको भ्याक्सिन प्रयोग गर्ने, स्वास्थ्य मापदण्ड अनुसारका उपायहरू प्रयोग गर्ने लगायतका कोरोनाबाट बच्ने सन्देश दिँदै तपाईंको माक्स खोइभन्दै मुगु उद्योग वाणिज्य संघसँग सहकार्य गरी अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक चित्रबहादुर भट्टराईले बताएका छन् ।
स्वास्थ्य सेवा कार्यालयको तथ्यांकअनुसार हालसम्म नै सय ४८ जनाका कोरोना संक्रमित भइसकेका छन् भने एन्टिजेन परीक्षण गर्नेको संख्या ४ हजार ७ सय ८९ जना छन् ।
हाल सम्म संक्रमितको संख्या ६३ जना छन् । हालसम्म मृत्यु हुनेको संख्या ४ जना छन् । पहिलोमात्र खोप लगाउनेको संख्या ७ हजार ५ सय १९ छन् भने दोस्रो खोप लगानेको संख्या २ हजार १ सय ८३ रहेको जिल्ला अस्पताल मुगुका सूचना अधिकारी पर्शुराम नेपालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्