स्कुटरप्रेमीको रोजाइ टिभिएस एनटर्क «

स्कुटरप्रेमीको रोजाइ टिभिएस एनटर्क

विगतमा स्कुटर सामान ओसारपसार र महिलाहरूका लागि मात्र प्रयोग हुन्थ्यो । तर, अब त्यतिमा मात्र सीमित हुने दिन गइसकेको छ । अहिलेको प्राविधिक युगमा आम मानिसले केही फरक खोजिरहेका हुन्छन् । टीभीएस एनटर्कको नयाँ स्टाइलले गर्दा जो–कोही पनि यसमा राइडिङको मज्जा लिन आतुर हुन्छन् । यो स्कुटर फाइटर जेट स्टाइल, रेस स्पेक इन्स्ट्रुमेन्ट क्लस्टर र थ्रोटल एक्जस्ट नोटजस्ता अन्य थुप्रै आकर्षक फिचरका साथ आएको छ । टिभिएस एनटर्कलाई अटो कार इन्डियाले ‘स्कुटर अफ द इयर’ अवार्डद्वारा सम्मानित गरेको छ ।

स्टाइल
अधिकांश स्कुटरलाई कर्भी स्टाइलमा डिजाइन गरिएको हुन्छ । तर, एनटर्कलाई निकै सहज र सार्पन शैलीमा डिजाइन गरिएको छ । टिभिएसको नयाँ १२५ सीसीको स्कुटर डिजाइन स्टिल्थ एयरक्राफ्टको सार्प र याङगुलर लाइनबाट प्रभावित भएको छ । यस स्कुटरको बडीमा मेटलको प्रयोग नगरेर प्लास्टीक प्यानल प्रयोग गरिएको छ, जसले गर्दा एनटर्क स्कुटरलाई स्पोर्टी लुक दिएको छ ।
एनटर्क मेट सिरिजमा सेतोे, रातो र पहेलो रंगमा र मेटालिका सिरिजमा ग्रे र निलो रंगमा नेपाली बजारमा उपलब्ध छ । यसमा ब्याटविङ्ग आकारको डिआरएल, रेसी अल मिटर कन्शोल, पेटल आकारको ब्रेक डिस्क, भर्टिकल टी आकारको टेल ल्याम्प र कुल लुकको रियर भेन्टको प्रयोग गरिएको छ । जसले गर्दा एनटर्क जेटजस्तै देखिन्छ ।
एनटर्कको हरेक आकारहरू छिटो र आकर्षक वस्तुहरूबाट प्रेरित भएको छ । केही फिनिसिङ फक्स कार्बन फाइबर प्लास्टीकबाट गरिएकाले यसको लुक्स स्पोर्टी छ । एनटर्कमा चङ्की एक्जस्ट मफलरजस्ता अन्य विशेषताहरू रहेका छन् । एनटर्कको सुन्दर मल्टी स्पोक अलो ह्वीललाई चम्किलो कालो रंगले फिनिसिङ गरिएको छ, जसमा १२ इिन्चको ट्यूबलेस टायर छ । एक्जस्ट नजिकै रातो फ्यान जडान गरिएको छ, जसले गर्दा यसले अझै स्पोर्टी लुक्स पाएको छ ।
ह्यान्डल बारलाई सिल्भर फिनिस बारले डिजाइन गरिएको छ । यसको फ्यूल ट्याङक सिटको पछाडि रहेको छ, जसलाई सिटको दायाँ भागबाट खोल्न सकिन्छ ।

इन्जिन र पर्फर्मेन्स
एनटर्कको १२५ सीसी सिङ्गल सिलिन्डर विएस–४ कम्प्लायन्ट इन्जिन रहेको छ, जसले ९.३ वीएचपीको उच्चशक्ति र १०.५ एनएमपिक टर्क जेनेरेट छ । इन्जिनमा भएका ३ वटा भल्वहरूले स्मुथ र आरामदायी यात्रा दिन्छ, जसले गर्दा चालकले अधिकतम सन्तुष्टि प्राप्त गर्न सक्छन् ।
यसमा प्रयोग भएको डिजिटल कन्सोल एक नयाँ रिभोलुसन हो, जसले सहज शैलीमा चालकलाई धेरै सूचनाा प्रदान गर्छ । यो स्कुटरलाई चालकले नियमित स्ट्रीट मोडबाट शुरुवात गरेर स्पोर्ट मोडमा ल्याइ ०–६० किलोमिटर प्रतिघन्टाको स्पीडमा चलाउन सक्नेछन् ।
स्कुटरको डिजिटल कन्सोललाई ब्लुटुथको माध्यमबाट कनेक्ट गरेर परिर्वतन गर्न सकिनेछ । उक्त डिजिटल कन्सोलमा चालकले फोन रिसिभ, म्यासेज, मिस्डकल र डिरेक्सन न्याभिगेट जस्ता फिचरहरू उपयोग गर्न सकिन्छ ।

ह्यान्डलिङ एण्ड साइड क्वालिटी
एनटर्कको सबैभन्दा शक्तिशाली पक्ष नै ह्यान्डलिङ हो । यसको सार्प ह्यान्डलिङले राइडलाई अझै रमाइलो र रोचक बनाउँछ । यसमा सक सेटअप, अघिल्लो भाग टेलिस्कोपिक, रियरमा हाइड्रोलिक कोल स्प्रीङले गर्दा उत्कृष्ट रहेको छ । यसको स्याडल मिडियम नरम भएकाले एकल राइड गर्दा वा डबल राइड गर्दा पनि आरामदायी छ ।
यसको पछाडिको सिटको ग्याब रेलमा प्वालहरू भएकाले सहजै लगेजहरू राख्न पनि सकिन्छ । टिभिएसले यो स्कुटर डिजाइन गर्दा निकै ध्यान पु¥याएको देखिन्छ । यसलाई स्पोर्टी लुकमात्र नभएर अप्रत्याशित सडकहरूमा पनि आफ्नो आदर्शलाई कायम राखेको छ । यसको फराकिलो टायरले एकीकृत ब्रेकिङ प्रणालीको साथमा सुरक्षालाई मध्यनजर गर्दै आवश्यक सबै ग्रीप प्रदान गर्छ । यो स्कुटर डिस्क ब्रेकमा पनि उपलब्ध छ ।

अन्य सुविधाहरू
स्कुटरमा कुसनहरू दिइएको छ, जसले गर्दा चालकलाई लामो यात्रामा कुनै कठिनाइको सामना गर्नु पर्दैन । सिटको उचाइ ७ सय ७० एमएम छ जुन एकदमै पर्फेक्ट छ । यसको ह्यान्डबार अग्लो छ जसले गर्दा सहजै कन्ट्रोल गर्न सकिन्छ । एनटर्क अन्य स्कुटरभन्दा उत्कृष्ट रहेको छ । यसमा १२ इन्चको टायर प्रयोग गरिएको छ ।
सिटको तल्लो भागमा यूएसवी चार्जिङ पनि जडान गरिएको छ । यो स्कुटर सेगमेन्टमा पहिलो इन्जिनकिल स्वीच जडित छ, जसमा फ्यूल रिजर्भ एफ र पार्किङ ब्रेक छ । यो सबै डिजिटल कन्सोलमा उपलब्ध छ ।
डिजिटल कन्सोलमा फोनका लागि ब्लुटुथ छ जुन एन्ड्रोइडमा कनेक्ट गर्न सकिन्छ । एकचोटी कनेक्ट गरेपछि अलर्ट नोटिफिकेशन आउँछ, जसमा आगमन कल, म्यासेज र लास्ट पार्क गरेको लोकेसन कन्सोलमा डिस्प्ले हुन्छ । यसले गर्दा बेला बेला फोन चेक गर्ने झन्झटबाट मुक्ति मिल्छ ।
यो स्कुटर भारतीय र नेपाली बजारमा निकै सफल भइसकेको छ । एनटर्क सबै वर्गका लागि लक्षित गरेर डिजाइन गरिएको छ । यो स्कुटरको थुप्रै आकर्षक विशेषताले गर्दा युवामाझ लोकप्रिय बनेको छ ।
यसको फ्यूल ट्याङक ५.५ लिटरको छ । यसले प्रतिलिटर ३५ देखि ४० किलोमिटरको माइलेज दिन्छ । यसमा जडान गरिएको ब्लुटुथ इन्स्ट्रुमेन्ट ह्यासलफ्रि छ । टिभिएसले कम्फर्ट र फिजिकालिटीमा राम्रो सन्तुलन कायम गरेको छ । यसको सुरुवाती बजार मूल्य २ लाख १४ हजार ९ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्