केटिएम र हस्कभर्ना बाइकको शोरुम भक्तपुर ठिमीमा «

केटिएम र हस्कभर्ना बाइकको शोरुम भक्तपुर ठिमीमा

केटिएम र हस्कभर्ना बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ठिमीमा आफ्नो १३औं डिलरशिप शोरुम टाइम्स अटो इन्टरप्राइजेज खोलेको छ । शोरुमले असंख्य ग्राहकहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
हंसराज हुलासचन्द कम्पनीले सन् २०१२ मा केटिएम खरिद गरी नेपालमा ल्याएको थियो र अहिले यो ब्राण्ड देशमै सबैभन्दा मन पराइएको बाइक ब्राण्ड मध्ये एक हो । त्यस्तै गरी स्वीडिश ब्रान्ड हस्कभर्ना सन् २०२० देखि बजारमा उपलब्ध छ । दुवै बाइक सबै केटिएम र हस्कभर्ना शोरुमहरुमा उपलब्ध छन् ।
केटिएम बाइकहरुले तीन सयवटा बढी विश्व च्याम्पियनसिप उपाधिहरु जितिसकेका छन् । जसमा सबैभन्दा गाह्रो र प्रख्यात डकर ¥याली पनि समावेश भइ १८ पटक सफलता हाँसिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्