कियाको नयाँ स्पोर्टेज नेपालमा «

कियाको नयाँ स्पोर्टेज नेपालमा

किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल टे«डिङ प्रालिले नयाँ स्पोर्टेज कार सार्वजनिक गरेको छ । किया मोटर्ससँग कन्टिनेन्टल ट्रेडिङले सहकार्य गरेको २५औं वर्षको अवसरमा चौथो पुस्ताको किया स्पोर्टेज सार्वजनिक भएको हो ।
कियाले उत्पादन गरेका मोडलमध्ये सबैभन्दा लामो समयसम्म विश्व बजारमा लोकप्रिय हुन सफल कारको दर्जामा स्पोर्टेज गणना हुने गरेको छ । चार भेरिएन्टमा उपलब्ध नयाँ स्पोर्टेज इन्टेरियर र एक्सटेरियरमा थप आकर्षक विशेषताहरु रहेको कम्पनीको दावी छ । यो गाडी पहिलेको तुलनामा थप स्टाइलिस, सुरक्षित र आरामदायी भएको बताइएको छ ।
कारको अगाडीपट्टी एलइडी हेडल्याम्प र एलइडी डे टाइम रनिङ लाइट जडान गरिएको छ । चौथो पुस्ताको स्पोर्टेजमा कियाको नयाँ ड्राइभिङ प्रविधि र अत्याधुनिक इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ, जसले यात्रा अवधिभरलाई सहजता र मनोरञ्जन प्रदान गर्नेछ । कार उत्पादनका दौरान उच्च सुरक्षा सतर्कता अपनाई सुरक्षा सम्बन्धी नविन प्रविधिहरु जडान गरिएको कम्पनीले जनाएको छ । पेट्रोल र डिजेल दुवै अप्सनसँगै नयाँ स्पोर्टेज जिटीलाइन मोडलमा पनि उपलब्ध छ ।
कारमा ८ स्पीड अटोम्याटिक ट्रान्समिसन, प्याडल सिफ्टर, तीन ड्राइभ मोड (नर्मल, इको र स्पोर्ट), फराकिलो सनरुफ, उच्च कार्यक्षमता प्रदान गर्ने सस्पेन्सन, सात इन्चको टचस्क्रीन, ८ स्पीकर, एप्पल कार प्ले र अन्ड्रोइड अटो सपोर्ट गर्ने म्युजिक सिस्टम उपलब्ध छ । त्यसैगरी ब्रेकिङ प्रणालीलाई भरपर्दो बनाउन एन्टीलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलटी कन्ट्रोल, भेहिकल स्ट्याबिलिटी कन्ट्रोल, डाउनहिल एसिस्टजस्ता विशेषताहरु यसमा समावेस छन् ।
निक्कै बलियो स्टीलको प्रयोग गरेर कारको बडी तयार गरिएका कारण कार सुरक्षित, आधुनिक र आरामदायी भएको कम्पनीको दाबी छ । कार विभिन्न ६ रङमा उपलब्ध छ । नयाँ स्पोर्टेजको मूल्य, बनावट र कार्यक्षमताका कारण छोटो समयमै लोकप्रिय हुने कन्टिनेन्टल टे«डिङ प्रालिका सहायक महाप्रबन्धक अनिस लामिछानेले दाबी गरे । कोरियाबाटै सोझै आयात गरिएको भएपनि नेपाली बजार सुहाउँदो मूल्य निर्धारण गरिएको कम्पनीको भनाइ छ । सन् २०१९ मा चार भिन्न नयाँ मोडलहरु नेपाल भित्र्याइएको छ । कियाको कार बिक्रीसँगै सेवा प्रवाहलाई अझ राम्रो बनाउन चाँडै काठमाडौंमा जावलाखेल र महाराजगन्ज गरी थप २ वटा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) सुविधा युक्त आउटलेटहरु सुरु गर्ने जानकारी लामिछानेले दिए ।
नेपाली बजारमा नयाँ स्पोर्टेजको मूल्य ६९ लाख ९० हजार रुपैयाँबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ । किया नयाँ स्पोर्टेजमा फ्रन्टमा प्रोजेक्टर तथा एलइडी हेडल्याम्प दिइएको छ । हेडलाइड वाइपरसमेत रहेको यो एसयूभीमा रहेको फग लाइट हालसम्म कसैले प्रयोग नगरेको चारवटा एलइडी बल्वसहितको युनिक रहेको छ । जसलाई दुवैतर्फ सिल्भर लाइनले कनेक्ट गरेको छ । अगाडिको कालो बम्पर तल सिल्भर कलरको स्केड प्लेटले गाडीको लुक्सलाई डियुल टोनसहित अझ स्पोर्टी बनाइएको छ । साइडमा फाइभ स्पोक डबल आर्म १९ इन्चको अलोय ह्वीलले यसलाई आकर्षक देखाएको छ ।
पछाडि प्रयोग गरेको एलइडी टेललाईट रेड स्ट्रीपले कनेक्टेड गरिएको छ र सो स्ट्रीप माथि रहेको क्रोमले यसलाई अझ सुन्दर बनाएको छ । रिभर्स क्यामरालाई चलाखिपूर्ण तरिकाले नम्बर प्लेट माथि लुकाइएको छ । पछाडि बम्पर र त्यसको तल सिल्भर कलरको स्केड प्लेटको प्रयोग भएको छ । यसको टेलगेट वानटचमा अटोमेटिकल्ली खुल्ने र बन्द हुने गर्छ ।
स्पोर्टेजको क्याविनमा सफ्ट टच मेटेरियलको प्रयोग गरिएको छ, जसले यसलाई प्रिमियम बनाएको छ । डोर ह्याण्डल तथा स्टेरिङ ह्वीलमा लेदर फिनिसीङ दिएको छ । स्टेरिङमा म्युजिक तथा भ्वाइस कन्ट्रोल तथा कु्रज कन्ट्रोलका स्वीचजहरु रहेका छन् । ड्यासबोडमा ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टमका साथै आठवटा स्पीकरसहितको म्युजिक सिस्टम रहेको छ । इन्फोटेन्मेन्ट सिस्टमले एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सपोर्ट गर्नेछ ।
सुरक्षाका लागि यसमा अगाडि दुवैतर्फ एयरब्याग, इबीडीसहितको एबीएस, इएससी तथा डाउनहिल ब्रेक कन्ट्रोल, टे«लर स्टाबिलीटी एसीस्ट, ब्लाइन्ड स्टप कलीजन वार्नेङ, लेन किप असिस्ट सिस्टम, हिल स्टार्ट असिस्ट कन्ट्रोल, टायर प्रेशर मोनिटरिङ्ग सिस्टमजस्ता आधुनिक विशेषता रहेका छन् ।
किया स्पोर्टेज एसयूभी नेपाली बजारमा पेट्रोल र डिजल दुवै इन्जिन अप्सनमा उपलब्ध रहेको छ । २.० लिटरको सिआरडीआई डिजल इन्जिनमा रहेको स्पोर्टेज जीटी लाइनमा ८ स्पीडको अटोमेटिक ट्रान्समिसन दिइएको छ । त्यस्तै २.० लिटरको पेट्रोल इन्जिन अप्सनमा उपलब्ध स्पोर्टेज ६ स्पीडको म्यानुयल ट्रान्समिसनसहित आएको छ ।

प्रतिक्रिया दिनुहोस्