Logo

एक आर्थिक बर्षमा एक करोड राजश्व संकलन

मुगु -जिल्ला मालपोत कार्यालय मुगुले आर्थिक बर्ष २०७७-०७८ मा कार्यालयका बिभिन्न राजश्व शीर्षकबाट एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
जिल्ला मालपोत कार्यालयबाट स्थानीय नागरीकहरूलाई दिईर्ने रजिष्टेबन दस्तुर,सेवा दस्तुर, नामसारी, पूजा फारम बितरण लगाएतका काग गरेक बापत नेपाल सरकारको मापदण्ड अनुसार सेवा शुल्कबापत आ.व २०७७-०७८मा ए करोड ७ लाख राजस्व उठेको जिल्ला मालपोत कार्यलय मुगुका कार्यालय प्रमुख जगत बहादुर रोकायाले बताएका छन ।
कार्यालय प्रमुख रोकार्याका अनुसार आ.व २०७७।०७८मा ७ सय ७३ लिखत पास गरीएको ,नामसारी ७६ जनाको, रजिष्टेशन पास ३सय ५२ जान, बकस पत्र ४४जना, धितोपत्र २ सय ५८ जना,दान पत्र २३ जना, अंक्स बण्डा ४६ जना, दर्ता फारी ४ जना ,संगल नामा ३६जनाको एक वर्षमा कारोवार गरीएकाने छ ।मुगु जिल्लाको एक नगर पालिका र ३ गाँउपालिका मध्य सबैभन्दा छाँयानाथ रारा नगरपालिका भित्रको कारोवार यो आ.वमा सबै भन्दा बढी भएको बताएका छन ।
कार्यालयको नियमअनुसार पुजी गर्त लापकर उठेको राजश्व मध्य ३६ लाख ८७ हजार केन्द्र सरकारलाई बुझाईएको र अन्य जिल्लामा रहेको एक नगरपालिका र ३ गाँउपालिकामा राजश्व बितरण गरएको छ ।
मुगुमा केही बर्ष पहिला बाट अनलाइनमार्फत जग्गाको लिखत कारोवा र अन्य कारोबार भए पनि नेपाल टेलिकाम बाट उपलब्ध गराईएको ईन्टरनेट केही महिना यता निकै सोलो गतिमा सन्चालनमा आएको हुँदा कार्यालयको काम काज गर्न निकै हैरान भएको छ । भर्ने सेवा लिन आएका सेवा ग्राही निकै मारमा परेको छ । साउन १ गतेदेखि एक मात्र लेखत पास भएको जिल्ला मालपोत कार्यालय मुगुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्