अर्थसचिवद्धारा राष्ट्र बैंक सञ्चालकको पद तथा गोपनीयताका शपथ «

अर्थसचिवद्धारा राष्ट्र बैंक सञ्चालकको पद तथा गोपनीयताका शपथ

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीसमक्ष न्यायाधीश केसीले सचिव मरासिनीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ मा बैंकका गभर्नर र सञ्चालकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, गभर्नरको कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्