अटोमोबाइल व्यवसाय चलायमान बनाउन माग «

अटोमोबाइल व्यवसाय चलायमान बनाउन माग

नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले लकडाउन र निषेधाज्ञाका कारण धरासायी भएको व्यवसायलाई गतिशिल बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोरोना महामारीका कारण आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि जारी गरिएको निषेधाज्ञाका कारण समग्र अटोमोवाइल क्षेत्र नै धरापमा परेको र यसलाई पुनः गतिशिल अवस्थामा पु¥याउन विशेष पहल गरिदिन आग्रह गरेका हुन् ।
छलफलमा केन्द्रीय कार्यसमिति सदस्य, सार्वजनिक सवारी साधन समिति तथा सडक सुरक्षा तथा वातावरण समितिका सभापति राजनबाबु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेकोले उनीहरुको राहतका लागि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउँदै आएको जस्तै आर्थिक राहत उपलब्ध गराउन माग गरेका छन् ।
छलफलमा उनले वन तथा वातावरण मन्त्रालयले जीप, कार भ्यान र मोटरसाइकलमा युरो–६ र बीएस–५ लागु गर्न लागेको विषय सराहनीय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराई दिने व्यवस्थाका लागि प्रधानमन्त्रीसँग आग्रह गरे।
छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्य दीपक अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्