शिखरको विन्टर सेल मेलामा ७० प्रतिशतसम्म छुट

शिखर सुजले राजधानीको भृकुटीमण्डपमा लगाएको विन्न्टर सेल मेलामा जुत्ताचप्पल किन्न सर्वसाधारणको थामिनसक्नु भिड लागेको छ । माघ ६ गतेसम्म चल्ने शिखरको सेल मेलामा शनिबार र आइतबार खुट्टा राख्ने ठाउँ नभएको आयोजकले जनाएको छ । शिखरले मेलामा फ्यक्ट्रीकै मूल््यमा जुत्ताचप्पल उपलब्ध गराएको जनाएको छ ।
शिखरले जुत्ताचप्पलमा ७० प्रतिशतसम्म छुट दिएको जनाएको छ । शिखर जुत्ताचप्पल उत्पादनमा मुलुककै उत्कृष्ट ब्राण्डका रुपमा चिनिएको छ । त्यसमा पनि सस्तोमा पाएपछि उपभोक्ता खरिद गर्न लाम लागेका हुन् । बजारमा ५ सय रुपैयाँ प्रतिजोरमा बिक्री हुने महिलाका चप्पल मेलामा २ जोर ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । बजारमा १३ सय रुपैयाँसम्म पर्ने स्कुले विद्यार्थीको जुत्ता मेलामा ५ सय रुपैयाँ प्रतिजोर, युवाले रुचाउने कन्भर्स डिजाइनको पाण्डा सुज प्रतिजोर ४ सय रुपैयाँदेखि ६ सय रुपैयाँमा दुई जोरसम्म उपलब्ध छ । कपडाको न्यानो टिम्स सुज ५ सय रुपैयाँमा दुई जोर उपलब्ध गराइरहेका जनाइएको छ । यस्तै बजारमा ७ सय रुपैयाँ पर्ने क्याजुअल सुज ४ सय रुपैयाँमा, बजारमा १५ सयदेखि २५ सय रुपैयाँ पर्ने स्पोर्टस सुज मेलामा १ हजार रुपैयाँमा, बजारमा २५ सयदेखि ३५ सय रुपैयाँसम्म पर्ने जुत्ता मेलामा १५ सय रुपैयाँमा उपलब्ध गराएको छ ।
मेलामा झण्डै ६ सय थरी डिजाइनका जुत्ताचप्पल राखिएको छ । यसले गर्दा उपभोक्ताले भेराइटी बीच छानेर किन्न पाउने छन् । मेलामा सस्तो जुत्ता पाएकाले आफूलाई मात्र किन्न आउनेले परिवारका सबै सदस्यलाई किनिरहेका छन् । शिखरले सेल मेला लाएको सुनेर राजधानी बाहिररहेका आफन्तको आग्रहमा जुत्ता किन्न आउनेहरु पनि धेरै रहेको जनाइएको छ ।