क्रिकेटबाट टाढा हुन्नँ : पारस «

क्रिकेटबाट टाढा हुन्नँ : पारस

मंगलबार संन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन् । बुधबार पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फर्किने बताएका हुन् ।
राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए । उनको घोषणाले सरोकारवालाहरु आश्चर्यमा परेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहँदा पूर्व कप्तान पारस खड्काले भने धेरै सोच विचार गरेर संन्यासको निधो गरेको बताए ।
अबको बाटो कुन भन्ने प्रश्नमा खड्काले क्रिकेट व्यवस्थापनमा आउन चाहेको प्रतिक्रिया दिए ।
पारस खड्काले नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा पु-याएको योगदान सबैले मुक्त कण्ठले प्रशंसा गरिरहँदा अब क्रिकेट अगाडि बढ्न सक्छ सक्दैन भन्ने प्रश्न धेरैमा उब्जिएको छ । जुन जिज्ञासा बुधबारको भेटघाट कार्यक्रममा खड्का आफैंले उत्तर दिए । नयाँ पुस्ता अहिले राष्ट्रिय टोलीमा आएको र उनीहरुको सम्भावना धेरै भएको भन्दै खड्काले व्यक्ति भन्दा पनि टिमको प्रदर्शनले अर्थ राख्ने बताए ।
संन्यासको घोषणा गरेका पूर्व कप्तान पारसले केही समयमै क्रिकेट एकेडेमीको सुरुवात गरेर देशभर लैजाने योजनामा आपूm रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्