टीएमजे बगैंचा पर्यटकको रोजाइमा «

टीएमजे बगैंचा पर्यटकको रोजाइमा

तेह्रथुम-तेह्रथुम संखुवासभाको संगमस्थल तिनजुरे मिल्के जलजलेको प्रवेशद्वारको रूपमा रहेको आरआर गर्डेन पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
गुराँसको राजधानीले परिचित तिनजुरे–मिल्के जलजल क्षेत्रको प्रवेशद्वारको रूपमा रहेको आरआर गार्डेन अर्थात् ¬( गुराँस र ढुंगाको बगैंचा) अहिले पर्यटकको रोजाइमा पर्दै गएको स्थानीय रवीकिरण मादेनले बताए । जिल्लाको सुन्दरनगरी वसन्तपुर बजारदेखि सवारी सधानमा १० मिनेटमा पुग्न सकिने बगैंचामा नैनताल, विभिन्न ढुंगाको आकृतीका भ्यागुता, बाघ, गोही, छेपारो, सिताको जाँतोलगायत विभिन्न जीवजन्तुको प्राकृतिक रूपले भरिएका आकृती छन् ।
बगैंचामा पछिल्लो समय दिन प्रतिदिन अन्तरिक तथा बाह्य पर्यटक भित्रिने क्रम बढ्दै गएको मादेनले बताए । पर्यटकीयस्थलको विकास गर्ने उद्देश्यका साथ बगैंचा निर्माण गरेसँगै यस क्षेत्रका आर्थिक गतिविधिसमेत बढ्दै गएको स्थानीयले बताउने गरेका छन् । विशेषगरी सुख्खायामदेखि वर्षा सुरु नहुन्जेल पर्यटक भित्रिने गरेका छन् । यस क्षेत्रमा रहेका गुराँसको सुन्दरताले प्रकृतिको छुट्टै आनन्दको रूपमा लिन सकिने र हिउँदको समयमा हिँउ खेल्न सकिने भएकाले पर्यटकको मनलाई तान्न सफल बन्दै गएको हो ।
बगैंचा निर्माणका लागि पर्याटन मन्त्रालय काँकरभित्ता झापा र वसन्तपुर नयाँ सहर आयोजनाले लगानी गरेका छन् । बगैंचा निर्माणका लागि अहिलेसम्म ७० लाख खर्च भइसकेको समितिले जनाएको छ । बगैंचासँगै यस क्षेत्रलाई पर्याटकीयस्थल निर्माणका लागि संसारकै ठूलो शिवजीको मूर्ति निर्माण, बुद्ध पार्क, सुविधा सम्पन्न भ्यूटावर लगायत साहसिक पर्यटनअन्तर्गत प्याराग्लाइडिङ, हर्सग्लाडिङ, रकक्लाइमिङ माउनेटेन साइक्लिङ लगायतका पर्यटकीय आर्कषणकास्थल निर्माण गर्ने उद्देश्य रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्