समृद्धि फाइनान्समा बिना ब्याज कर्जा सुविधा «

समृद्धि फाइनान्समा बिना ब्याज कर्जा सुविधा

समृद्धि फाइनान्स कम्पनी र सबल सप्लायर्सबीच कन्जुमर इएमआई कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ । अब ५० हजारदेखि ५ लाखसम्मको सामग्री खरिदमा शुन्य प्रतिशत व्याजदरमा सबल सप्लायर्स तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महिनादेखि ३६ महिना सम्मका लागि उक्त कर्जा सुविधा पाउनेछन् । सो सम्झौतापत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र सप्लायर्सको तर्फबाट वत्स शाक्यले हस्ताक्षर गरेका छन् ।
फाइनान्स कम्पनीका बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शालिकराम पन्थीका अनुसार उक्त कर्जा बैंकका नयाँ तथा पुराना ग्राहकलाई मध्यनजर गर्दै बनाइएको हो । यो कर्जाले ग्राहकलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न सहज हुने बताएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनीले हाल पाँचवटा शाखामार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।
संस्थाले आइपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरु प्रदानगरिरहेको छ ।निक्षेपमाआकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्