सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा छुट

सिद्धार्थ बैंक र ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट हेड अफ सर्कल अफिस कुमारीपाटीका ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका प्रबन्ध निर्देशक हरिकुमार तामाङले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकले अर्थोप्लास्ट रिह्याब सेन्टरमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरेबापत फिजियोथेरापी सेवा भुक्तानी शुल्कमा २५ प्रतिशतसम्मको छुट प्राप्त हुने जनाइएको छ ।