कुमारी बैंकद्वारा अक्सिजन प्लान्टलाई ३ लाख सहयोग «

कुमारी बैंकद्वारा अक्सिजन प्लान्टलाई ३ लाख सहयोग

कुमारी बैंकले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । बेलका नगर प्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरिलाई बैंकको बेलका शाखाले चेक हस्तान्तरण गरेको हो । विगत ३ बर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तरगत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको बैंकका बेलका शाखा प्रमुख अमित झाले बताए ।
नगर प्रमुख थापाले कुमारी बैंक बेलका शाखालाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए ।
बैंकले देशभर रहेका १९४ शाखा सञ्जाल, १६५ एटीएम, १३ एक्टेनसन काउन्टरलगायत २८ वटा शाखारहित इकाईमार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्