‘पर्यटन उद्योग पुनरुत्थान गर्न कोरोनाको खोप आवश्यक’ «

‘पर्यटन उद्योग पुनरुत्थान गर्न कोरोनाको खोप आवश्यक’

होटल संघ नेपालले कोरोनाको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
संघका अध्यक्ष सृजना राणा नेतृत्वको टोलीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर कोरोना महामारीबाट थलिएको पर्यटन उद्योगलाई माथि उकास्न सो क्षेत्रमा संलग्न व्यवसायी र मजदुरलाई प्राथमिकताका साथ कोरोनाको खोप उपलब्ध गराउन माग गरिन् ।
उनले विश्वका कतिपय मुलुकमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विदेशीहरु नेपाल आउन तत्पर रहेको हुँदा यस पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई खोप उपलब्ध गराउनसके पर्यटक आगमनको सम्भावना रहेको बताइन् ।
उनले यसअघि संघको अनुरोधमा होटल क्षेत्रका लागि ६० हजार खोप प्रदान गर्न स्वीकृत भई आवश्यक तयारी साथ सबै क्षेत्रीय संघहरुमा समेत जानकारी गराएपनि उपत्यकाबाहिर होटल क्षेत्रमा खोप नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । भेटमा राज्यमन्त्री श्रेष्ठले यथाशक्य खोप उपलब्ध गराउने आश्वासन व्यक्त गरे । उनले

प्रतिक्रिया दिनुहोस्