यस्तो छ विश्वकै ठूलो विमान «

यस्तो छ विश्वकै ठूलो विमान

लन्डन-६ वटा परिक्षण उडानपछि थाकेको भनिए पनि विश्वकै ठूलो विमानले नयाँ निर्माणका लागि कामको थालनी गरेको छ । यो विमानको व्यापारिक प्रयोजनको मोडल २०२० दसकको सुरुमै आकाशमा उड्ने भएको छ ।
हाइब्रिड एयर भेहिकलले निर्माण गरेको हाइब्रिड हिलियम एयरसीप एयर ल्यान्डर–१० को ढाँचा अनुसार यो ३०० फीट लामो हुने छ । यसको आकारका कारण यसलाई ‘फ्लाइङ बम’ नाम दिइएको छ ।
यो विमानको विलाशी भेरियन्ट जुलाईमा बेलायतको फार्नबरो एयरशोमा भएको प्रदर्शनीमा औपचारिक रुपमा सार्वजनिक गरिएको थियो । दोस्रो उडानमा आपतकालिन अवतरण गरे लगायतका केही अस्वाभाविक अवस्थापछिको विकास प्रक्रिायपछि मात्रै यो विमानलाई औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।
यो हाइब्रिड एयर भेहिकल हाल प्रोटोटाइपको उत्पादनका लागि काम सुरु भएको छ । बेलायती नागरिक उड्डयन प्राधिकरण (सीएए)बाट स्वीकृती पाएपछिको अवस्थामा यसको व्यापारिक प्रयोजनको उत्पादनको सुरुवात भएको हो ।
यो विलाशी एयरल्यान्डरमा सुइट शयन कक्षका साथ १५० फीट लामो क्याबिन रहेको छ ।
“यात्रुले क्षितिजबाट क्षितिजको दृश्य अवलोकन गर्दै ककटेलको स्वाद पनि चाख्न पाउनेछन् । उनीहरुले दुर्गम र यात्रा नभएको स्थानमा उडेको र अवतरण गर्दाको समयमा अद्वितिय एन–सुइटको आनन्द लिन पाउनेछन्,” कम्पनीका प्रवक्ताले बताइन् ।
यो विमान ६ हजार १०० मिटर अर्थात १६ हजार फीटको उचाइसम्म जान सक्छ । यो विमानले अधिकतम १९ यात्रुलाई बोकेर तीन दिनको अद्भुतपूर्व यात्रा गर्न सक्छ ।
यो हाइब्रिड भेहिकलले सीएएबाट प्रडक्सन अर्गनाइजेसनि अप्रुभल (पीओए) को मान्यता समेत पाएको छ । यसको अर्थ उत्पादन र उत्पादनको एसेम्बलीका काम गर्न पाउनुृ हो । यसलाई महत्वपूर्ण कोशेढुंगाको रुपमा हेरिएको छ ।
“पीओए एयरल्यान्डर–१० को उत्पादनका लागि नियामकले दिएको स्वीकृति हो । यसले हामीलाई २०१९ मा राम्रो अवस्थमा पु¥याएको छ,” कम्पनीका कार्यकारी निर्देशक निक अलमानले विज्ञप्तिमार्फत बताएका छन् ।

सीएनएन

प्रतिक्रिया दिनुहोस्