आत्मनिर्भर लघुवित्तको आईपीओ निष्काशन सम्झौता «

आत्मनिर्भर लघुवित्तको आईपीओ निष्काशन सम्झौता

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच साधारण सेयर निष्काशनसम्बन्धी सम्झौता भएको छ । घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले एक लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त कार्यको लागि कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगतवीर चौधरी तथा सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गरिने सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्