कैलाली उद्योग वाणिज्य संघमा कुँवर प्यानल विजयी «

कैलाली उद्योग वाणिज्य संघमा कुँवर प्यानल विजयी

धनगढी-कैलाली उद्योग वाणिज्य संघको चुनावमा पुष्प कुँवरको प्यानलका कोषाध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारीहरू विजयी भएका छन् । आइतबार दिउँसो साढे १ बजे जारी अन्तिम मत परिणामअनुसार अध्यक्षका उम्मेदवार पुष्प कुँवरले प्रतिद्वन्द्वी रुपेश स्वाँरभन्दा ६९ मत बढी पाएर विजयी भएका हुन् । कुँवरले १ हजार मत पाए भने स्वाँरले ९ सय ३१ मत भए । अध्यक्षका अर्का उम्मेदवार डिल्लीराज अवस्थीले १ सय ७७ मत पाएका छन् ।
कुँवर समूह कोषाध्यक्ष बाहेकका सबै मुख्य पद तीनै उपाध्यक्ष, महासचिव र सचिवका उम्मेदवारले विजयी भएका छन् । कुँवर समूहका उद्योग उपाध्यक्ष पुष्कर ओझाले १ हजार ८१ मत, वस्तुगत उपाध्यक्ष शिवराज कुँवरले ९ सय ५२ मत र वाणिज्य उपाध्यक्ष गगन केसीले ९ सय ६० मत पाए विजयी भएका छन् ।
महासचिव ओम विष्टले १ हजार ८७ मत र सचिव सिद्धराज पनेरुले १ हजार ३६ ले मत पाएका विजयी भएका छन् । कुँवर समूहका कोषाध्यक्षका उम्मेदवार दिनेश लम्साल स्वाँर समूहका अब्बु ओझाभन्दा ३० मत कम पाएर पराजित भएका छन् । स्वाँर प्यानलबाट कोषाध्यक्षमा विजयी ओझाले ९ सय ६६ मत पाए भने लम्सालले ९ सय ३६ मत पाए । सदस्यमा पनि स्वाँर र कुँवर प्यालनका उम्मेदवारहरू मिश्रित रूपमा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्