आयुर्वेद औषधालयबाट सेवा लिने बढे «

आयुर्वेद औषधालयबाट सेवा लिने बढे


कर्णाली प्रदेश आर्युेवेद औषधालय सुर्खेतमा पछिल्लो समय सेवा ग्राहीहरूको आकर्षण बढ्न थालेको छ । औषधालयलाई व्यवस्थित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाएपछि सेवाग्राहीको संख्यामा वृद्धि भएको हो ।

आर्थिक वर्ष २०७५।०७६ मा २२ हजार ९०, ०७६।०७७ मा २८ हजार ३५५ र गत आर्थिक वर्षमा ३४ हजार २ सय ७३ जनाले सेवा लिएका छन् ।
२०७६ वैशाखमा विनोद ढकालको अध्यक्षतामा गठन भएको व्यवस्थापन समितिले औषधालयका सेवा विस्तार तथा सुधार गरेपनि सेवाग्राहीको संख्यामा उल्लेख बृद्धि भएको औषधालयका प्रमुख डा.शंकर रिजालले जानकारी दिए । समिति आएपछि औषधालयको आन्तरिक आम्दानीसमेत वृद्धि डा.रिजालले बताए । उनका अनुसार पछिल्ला तीन वर्षमा औषधालयले ४८ लाख ८४ हजार ९३ रुपैयाँ आम्दानी गरेको छ ।


औषधालयबाट हाल स्टिमवाथ, पायल्सको क्षारसुत्र विधिबाट उपचार, ल्याब र भिडियो एक्सरे सेवा थप गरिएको डा. रिजालले बताए । कार्यकाल सकिएपछि आप्mनो कार्यकालमा गरेका काम बारे बताउँदै अध्यक्ष ढकालले जीर्ण अवस्थामा रहेको औषधालयका भवनको स्तर उन्नती, जनशक्तिको सही परिचालन र आवश्यक स्रोत साधनको व्यवस्थापनबाट औषधालयको स्थिति धेरै सुधार गरेको दाबि गरे । व्यवस्थापकीय सुधार गरेकै कारण सेवाग्राहीहरूको संख्या वृद्धि भएको ढकालको भनाइ छ ।


उनले हाल औषधालय परिसरमा १८ करोड ३२ लाखमा १५ शय्याको अस्पताल र तीन करोड ३३ लाखमा औषधी निर्माण प्रयोगशाला भवन निर्माण हुन लागेको जानकारी दिए । आर्युेवेद उपचार पद्धतिप्रति नागरिकहरूको विश्वास कायम राख्दै सुविधासम्पन्न अस्पताल र अस्पताल भित्रै फार्मेसी सञ्चालन गर्न अब आउने समितिले ध्यान दिनुपर्ने ढकालले सुझाव दिएका छन् । औषधालयले कोभिड १९ को दोस्रो लहरका बेलामा आइसोलेशन कक्ष सञ्चालन गरी योग, ब्याम र प्राकृतिक उपचार पद्धतिबाट कोरोना संक्रमितहरूको उपचार गरेको थियो । जसले गर्दा आयुर्वेद पद्धतिप्रति नागरिकको आबर्षण थप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्