टेलिकमको विन्टर अफर

मोबाइल डाटा सेवामा ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस समेत गरी नाइट टाइम भोलुम वेस्ड डाटा प्याकअन्तर्गत ५ रुपैयाँमा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिनेछ । ७ दिनसम्मको अवधिमा ४५ रुपैयाँमा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७६८० एमबी डाटा तीन सय रुपैयाँमा प्रयोग गर्न सकिनेछ । यो प्याक राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिनेछ । नेपाल टेलिकमले सोमबारदेखि लागू हुने गरी विन्टर अफर ल्याएको छ । कम्पनीले ह्याप्पी विकेन्ड, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुम बेस्ड डाटा प्याक, अनलिमिटेड नाइट टाइम डाटा प्याक, अल टाइम फोरजी डाटा प्याक, सीयूजी प्याकेजलगायतका आधा दर्जनभन्दा धेरै अफर ल्याएको छ । नवनियुक्त प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले पदभार ग्रहण गरेपछि यो पहिलो पटक अफर सार्वजनिक गरिएको हो ।
ह्याप्पी विकेन्ड प्याक
जीएसएम, सीडीएमए प्रिपेड तथा पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार १ जीबी डाटा प्रयोग गर्न सकिनेछ । सो प्याक १ सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुने कम्पनीले जनाएको छ ।
अल टाइम डाटा प्याक
जीएसएम प्रिपेड, पोष्टपेड तथा सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । अल टाइम डाटा प्याकअन्तर्गत १० रुपैयाँ देखि ५ सय रुपैयाँसम्मका छन् । यसअन्तर्गत बोनससहित २३ एमबीदेखि ४ हजार ५ सय एमबीसम्मका प्याकेज खरिद गर्न सकिनेछ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म हुनेछ ।
नाइट टाइम भोलुम बेस्ड डाटा प्याक
मोबाइल डाटा सेवामा ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस समेत गरी नाइट टाइम भोलुम वेस्ड डाटा प्याकअन्तर्गत ५ रुपैयाँमा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिनेछ । ७ दिनसम्मको अवधिमा ४५ रुपैयाँमा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७६८० एमबी डाटा तीन सय रुपैयाँमा प्रयोग गर्न सकिनेछ । यो प्याक राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिनेछ ।
अनलिमिटेड नाइट टाइम डाटा प्याक
अनलिमिटेड जीएसएम, सीडीएमए नाइट डाटा प्याकअन्तर्गत १५ रुपैयाँमा अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिनेछ । यसको अवधि डाटा खरिद गरेको एक दिनसम्म हुनेछ । त्यसैगरी ८५ रुपैयाँमा ७ दिनसम्म र २ सय ४० रुपैयाँमा २८ दिनसम्म अनलिमिटेड डाटा राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । उपरोक्त सबै प्याकमा १ जीबी डाटासम्म थ्रिजी, फोरजीको गतिमा चल्नेछ र त्यसपछि २५६ केबीपीएसको गतिमा अनलिमिटेड चल्नेछ ।
अल टाइम सोसियल मिडिया डाटा प्याक
अल टाइम सोसियल मिडिया डाटा प्याकअन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिनेछ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनससमेत गरी ५ रुपैयाँमा ३० एमबी डाटा १ दिन, २५ रुपैयाँमा १३५ एमबी डाटा ७ दिन र १०० रुपैयाँमा ६७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १५०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।
त्यसैगरी अल टाइम डाटा स्ट्रिमिङ प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस डाटा समेत गरी १० रुपैयाँमा १५० एमबी डाटा १ दिनका लागि, ४५ रुपैयाँमा ६०० एमबी डाटा ७ दिनका लागि र ११५ रुपैयाँमा १९५० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुने छ ।
एक जीबी प्रतिदिनको डाटा प्याक
एक जीबी प्रतिदिनको डाटा प्याकजीएसएम/सीडीएमए थ्रिजी/फोरजी एक जीबी प्रतिदिन डाटा प्याकअन्तर्गत ४५ रुपैयाँमा १ जीबी डाटा १ दिनका लागि, २५० रुपैयाँमा ७ जीबी डाटा ७ दिनका लागि र ८५० रुपैयाँमा २८ जीबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । यसमा प्रतिदिन २० मिनेट स्ट्रिमिङ प्याक बोनसको रुपमा पाइने कम्पनीले जनाएको छ । अल टाइम भ्वाइस प्याक
अल टाइम भ्वाइस प्याक
अल टाइम भ्वाइस प्याक जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा भ्वाइस प्याकअन्तर्गत एक दिन देखि ६० दिन समयावधि सम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिनेछ । यी प्याकेजहरू १० रुपैयाँदेखि ५५० रुपैयाँसम्ममा खरिद गर्न सकिनेछ । यसरी प्राप्त प्याकेजमार्फत गरिने कल नेपाल टेलिकमको नेटवर्कभित्रका लागि मात्र उपलब्ध हुनेछ ।
नाइट टाइम भ्वाइस प्याक
जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ दिनसम्म असीमित (अनलिमिटेड) समय, २५ रुपैयाँमा ७ दिनसम्म २४० मिनेट र १०० रुपैयाँमा २८ दिनसम्म ११०० मिनेट कल गर्न सकिनेछ । सो प्याक राति १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्क भित्र मात्र प्रयोग गर्न सकिनेछ ।