सवारीसाधन अत्यावश्यक भइसक्यो : यातायातमन्त्री महासेठ «

सवारीसाधन अत्यावश्यक भइसक्यो : यातायातमन्त्री महासेठ

मानिसहरूको आवश्यकता र उपलब्धताका कारण सवारी साधन अब विलाशिताको वस्तु नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताएका छन् । नाडा अटोमोबाइल एसोसिएसन आफ नेपालको ४२ औं साधारण सभालाई सम्बाधेन गर्ने क्रममा उनले उक्त कुरा उल्लेख गरे । अटोमोबाइल व्यवसायीहरूको साझा संस्था नाडा अटोमोबाइल एसोसिएसनको साधारणसभामा मन्त्री महासेठले यातायातका साधनलाई विलाशिता वस्तुका रूपमा नलिएको जिकिर गरे ।
“कुनै सवारीसाधन विलाशी हुनसक्छ, संसारभर विलाशी सवारीसाधनलाई विलाशीनै भनेर बिक्री गर्ने गरिन्छ । हामी पनि त्यसको तयारी गर्छौं, तर सबै सवारीसाधन विलाशिको कोटामा पर्दैन,” मन्त्री महासेठले भने । सवारीसाधन संचालनका लागि त्यसलाई आवश्यक पर्ने पूर्वाधार सबैभन्दा महत्वपूर्ण भएको मन्त्री महासेठको भनाइ छ । सरकारले सवारीसाधन संचालनका लागि आवश्यक पर्ने पूर्वाधार सडकको निमार्णका लागि जोड दिएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले नेपालमा सवारीसाधन धेरै भएको चर्चा सहि नभएको बताए । नेपालमा सवारीसाधन बढी भएको भनाइ सडक पूर्वाधार कम भएको मुरारकाको भनाइ छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले सरकारले अटो क्षेत्रलाई हेर्ने नजरमा केही परिर्वतन हुनुपर्ने जिकिर गरेका थिए ।
गएको आर्थिक वर्षमा अटोमोबाइल क्षेत्रले १ सय ५ अर्ब राजस्व दिएको भन्दै अध्यक्ष दाहालले भने, “जुन क्षेत्रले सरकारको राजस्व प्राप्तिमा धेरै योगदान दियो त्यो क्षेत्र कसरी अनुत्पादक हुन्छ भन्दै प्रशन गरे ।” उनले गाडी किन्ने मानिसले १० प्रतिशत डाउन पेमेन्ट र ९० प्रतिशत कर्जा लिएर गाडी किन्ने व्यवस्था हुनुपर्ने माग गरे । यस्तो नियम संसार भरिनै हुने गरेको दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्